दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि प्यान अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो बोर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 08:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर (PAN) लिन प्रोत्साहित गर्ने भएको छ ।  आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले  २०७५।७६ देखि प्यान लिन लगानीकर्तालाई प्रोत्साहित गरिने बताएका हुन् । 

बोर्डले २०७४/७५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दा नै 'दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं. (PAN) लाई २०७५।७६ देखि अनिवार्य गर्नकोलागि आवश्यक नीतिगत व्यवस्था गर्ने' उल्लेख गरेको थियो । तर बोर्डको यस्तो घोषणाले लगानीकर्ताको मनोबल खस्कदा बजार नै ओरालो लागेको थियो  

त्यस समय वजार घटेपछि शेयर लगानीकर्ता संघले बिज्ञप्ति नै निकालेर बोर्डले सम्बन्धित निकायसंग पर्याप्त छलफल पश्चात मात्रै पुंजीबजारमा प्यानको अनिवार्यताबारे निचोडमा पुग्ने प्रष्ट पारेको थियो । 

सोहि नीति अनुरुप बोर्डले अहिले त्यसलाई अनिवार्य नगरी परिक्षणको लागि प्रयोग गर्न प्रोत्साहित गर्ने गरी लागु गर्न लागेको अनुमान गर्न सकिन्छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved