धितोपत्र बोर्डले लगानीकर्ता र पत्रकारलाई नियमित तालिम दिने, जनचेतना जगाउन रेडियो कार्यक्रम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 08:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  आगामी आर्थिक बर्षदेखि लगानीकर्ताको लागि प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गर्ने भएको छ  । आर्थिक वर्षा २०७५/७६ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले यस्तो घोषणा गरेका हुन्  ।

जस अन्तर्गत बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी विभिन्न शैक्षिक तालिम संचालन तथा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सहयोग गर्न धितोपत्र तथा फ्यूचर्स बजार प्रशिक्षण संस्था (securities and future market institute) स्थापना सम्बन्धमा अध्ययन गरी स्थापना गर्ने कार्य अगाडि बढाउने भएको छ  । बोर्डले गत नीति तथा कार्यक्रममा पनि यहि योजना अगाडी सारेको थियो तर पुरा हुन् भने सकेको थिएँन  । 

त्यस्तै बोर्डले प्रदेशहरुमा आर्थिक पत्रकारहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै जाने, देशव्यापीरुपमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण तथा जनचेतना अभिबृद्धि गर्न स्थानीय स्तरका योग्य इच्छुक व्यवसायिक जनशक्तिलाई प्रशिक्षक प्रशिक्षण (training to trainers) का लागि आह्वान गरी संभाव्य विज्ञहरुको सूची बनाई उनीहरुमार्फत् प्रदेश तथा जिल्लामा बजारसम्वन्धी प्रशिक्षण तथा जनचेतना अभिबृद्धि कार्यक्रम संचालनको शुरुवात गर्ने नीति लिएको छ   । 

धितोपत्र बजार तथा वस्तु विनिमय बजारका विद्यमान तथा संभाव्य लगानीकर्ताहरुलाई बजारसम्बन्धी तथ्यपूर्ण एवं विश्वसनीय सूचना एवं जानकारी उपलब्ध गराउन सूचना प्रवाह सुदृढ गर्दै जाने र नयां लगानीकर्ताहरुलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा धितोपत्र बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि र लगानीकर्ताहरुको जिज्ञासाहरु सम्बोधन गर्न स्टक एक्सचेञ्जसंगको सहकार्यमा पाक्षिकरुपमा काठमाडौं उपत्यकाको उपयुक्त स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना बोर्डले अगाडी सारेको छ ।  

बोर्डले देशभरी पूँजी बजारसम्बन्धी जनचेतना अभिबृद्धि गर्न पूँजी बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम संचालनको व्यवस्था गर्ने ; धितोपत्र बजार तथा वस्तु विनिमय बजार सुधार तथा विकासका लागि आवश्यक नीति नियममा राय सल्लाह लिन यससँग सम्बद्ध तथा जानकार अर्थशास्त्री तथा वित्तशास्त्री र स्वदेशी एवं विदेशी पूँजी बजार विज्ञहरुलाई संलग्न गराई अन्तरक्रिया÷सेमीनार कार्यक्रम संचालन गर्ने पनि नयाँ आर्थिक बर्षको नीतिमा ब्यबस्था गरेको छ  ।  

 पछिल्लो समयमा काठमाडौं उपत्यका बाहिरसमेत पूँजी बजार गतिविधिहरु बढ्दै गएकाले यस सम्बन्धी जानकारी तथा सचेतना अभिबृद्धि गरी यसमा व्यापक जनसहभागिता बढाउन काठमाडौं उपत्यका बाहिर धितोपत्र कारोवार सेवाको उपलब्धतालाई मध्यनजर गरी उपयुक्त कुनै एक प्रदेशमा प्रादेशिक पँुजी बजार प्रर्दशनी २०७६ आयोजना गर्ने र  विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तुहरु समावेश गराउन आवश्यक समन्वय गर्ने जस्ता विकासात्मक कार्यहरु सम्पन्न गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा व्यापक जनसहभागीता बढाउने भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved