मौद्रिक नीति आज दिउँसो डेढ बजे, बजेटका लक्ष्यलाई सघाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 11, 2018 | 11:56:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज दिउँसो डेढ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंक संचालक समितिले पारित गरिसकेकाले आज डेढ बजे होटल र्याडिसनबाट आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो। 

राष्ट्र बैंकले सरकारले लिएको लक्ष्यलाई साथ दिने गरि मौद्रिक नीति ल्याउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। 'मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने सरकारको लक्ष्यलाई सघाउने गरि योजनाहरु ल्याउनेछ' पौडेलले भने। 

सरकारले बजेट मार्फत घोषणा गरेको ब्याज अनुदानमा कर्जा योजनाहरुलाई समेत समावेश गरि मौद्रिक नीति ल्याइएको छ। राष्ट्र बैंक स्रोतबाट प्राप्त जानकारी अनुसार मौद्रिक नीतिले अनिवार्य कर्जा निक्षेप अनुपात र सीआरआर अनुपात घटाइएको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved