एनएमबि बैंकले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी ८ अर्ब ७४ करोड पुग्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 11, 2018 | 12:10:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ। बैंकले हाल बिक्रिमा रहेको एफपीओले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको बैंकले जनाएको छ। 

बैंकको असार २६ गते बसेको ३५९ औं संचालन समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर र कर प्रोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ। 

बैंकले हाल कायम ६ अर्ब ४६ करोड चुक्ता पुंजीमा बिक्रिमा रहेको १ अर्ब १४ करोडको एफपीओ (अंकित मुल्य) पश्चात कायम हुने चुक्ता पुंजी ७ अर्ब ६० करोडबाट १५ प्रतिशत बोनस प्रस्ताब गरेको हो। उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७४ करोड पुग्नेछ।   उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved