राष्ट्र बैंकले सुन्यो लगानीकर्ताको आवाज, अब बैंकलाई ब्रोकर लाइसेन्स

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 11, 2018 | 07:39:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई समेत ब्रोकरको रुपमा काम गर्न पाउने बाटो खुला गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति मार्फत बैंकहरुलाई धितोपत्र व्यवसायीको कारोबार गर्न बाटो खुला गरिदिएको हो। 

बैंकहरुले धितोपत्र व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग गरेकाले बैंकहरुलाई यस्तो सुविधा दिइएको राष्ट्र बैंकको भनाई छ। धितोपत्र व्यवसायीको कारोबार गर्न चाहने बैंकहरुले राष्ट्र बैंकबाट अनुमति लिई छुट्टै सहायक कम्पनी स्थापना गरि यस्तो कारोबार गर्न सक्नेछन। 

लगानीकर्ताहरुले पुंजीबजार बिशेष गरि दोस्रो बजारलाई केहि सिमित स्थानबाट देशभर बिस्तार गर्नका लागि पनि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने आवाज उठाएका थिए। बैंकहरु र लगानीकर्ताको माग सुनुवाई गर्दै राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खुला गरेको हो। हाल ५० वटा ब्रोकरले धितोपत्र व्यवसायीको रुपमा कारोबार गर्दै आएका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved