'गभर्नर झैँ अर्थमन्त्री खतिवडा बजारमैत्री भईदिएको भए शेयरलगानीकर्ताले साउनमै दशैं मनाउथे'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 12, 2018 | 01:48:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले शेयरबजारमैत्री मौद्रिक नीति ल्याउनेछन र लगानीकर्तामा उत्साह थपीदिनेछन भन्ने धेरै शेयरलगानीकर्ताको अपेक्षा थियो। तर राष्ट्र बैंकले सामान्य लगानीकर्ताले थाहा पाउने र महसुस गर्नेगरि मौद्रिक नीति नल्याउँदा केहि लगानीकर्ताले मन चिसो बनाएका छन। 

त्यसो त समग्रमा मौद्रिक नीति बजारमैत्री नै रहेको सरोकारवालाहरुको निष्कर्ष छ। तर आम लगानीकर्ताले भने त्यो कुरा महसुस गर्न नसकेको पाइएको छ। 

मौद्रिक नीति सार्वजनिक भईसकेपछी बिजपाटी डटकमले बैंक वित्तीय संस्था, विभिन्न संघसंस्थाका र आम लगानीकर्ताको प्रतिकृया लिएको थियो। जसमा बैंकर संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वित्तीय संस्था संघको अध्यक्ष तथा गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधारले समग्रमा मौद्रिक नीति शेयरबजारमैत्री नै रहेको प्रतिकृया दिए। 

राष्ट्र बैंकले सीआरआर रेसियो घटाउँदा बैंक वित्तीय संस्थामा ४८ अर्ब थपिने, बैंक तथा वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने लगायतका व्यवस्थाले बजारमा ऋण प्रवाहमा सहज हुने उनीहरुको भनाई छ।

त्यस्तै सेयरको मूल्यमा २० प्रतिशत गिरावट आए पनि मार्जिन कल गर्न गर्न नपाइने व्यवस्थाले अप्रत्यक्ष रुपमा शेयरधितो कर्जा ५० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको लगानीकर्तासंघका पदाधिकारी तथा शेयर विश्लेषकहरुको भनाई छ। अर्को तर्फ लगानीकर्ताले लामो समयदेखि उठाउदै आएको बैंकलाई ब्रोकर लाइसेन्सले पनि शेयरको माग बढाउने र त्यसले अन्तत लगानीकर्तालाई नै फाइदा पुग्ने उनीहरुको बुझाई छ।      

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। तर राष्ट्र बैंकको यो निर्णयले शेयरधितोकर्जा ठुलो अर्थ नराख्ने स्वयम बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाई छ। 'अहिले ४० प्रतिशत कायम हुँदा हाम्रो बैंकले ४ अर्ब माथि शेयर कर्जा दिनुपर्ने थियो तर त्यस्तो त छैन, यो हाम्रो मात्र होइन, अरु बैकको पनि अवस्था त्यस्तै छ, त्यसैले यो शेयरबजार प्रभावित पार्ने बिषय होइन' ढुंगानाले भने। 

बैंकहरुसंग ऋण प्रवाहका लागि उपलब्ध हुने रकम निश्चित रुपमा बढ्ने र त्यसले ब्याजदर २ प्रतिशतसम्म घट्ने नेपाल उद्योग बाणिज्य महासंघमा वरिष्ट उपाध्यक्ष शेखर गोल्छाले बिजपाटीसंगको कुराकानीमा भनेका छन। 

प्रत्यक्ष रुपमा मौद्रिक नीति बुझ्नेहरुका लागि मौद्रिक नीति शेयरबजारमैत्री देखिएपनि यो कुरा आम लगानीकर्ता (७० प्रतिशत बढी शेयरलगानीकर्ता) ले महसुस गर्न नसकेको पाइएको छ। मौद्रिक नीतिबारे केहि आम लगानीकर्तालाई यो बिषयबारे बुझ्दा उनीहरुले गभर्नर ड़ा चिरिन्जीबी नेपाल बजारमैत्री भएपनि अर्थमन्त्री डा युबराज खतिवडा बजारप्रति सकारात्मक नहुँदा शेयर धितोकर्जाको मार्जिन बढ्न नसकेको प्रतिकृया दिए। 

बिजपाटीसंग कुराकानी गर्दै एक लगानीकर्ताले भने, 'गभर्नर झैँ अर्थमन्त्री खतिवडा बजारमैत्री भईदिएको भए शेयरलगानीकर्ताले साउनमै दशैं मनाउथे, तर उनकै (अर्थमन्त्री) कारण शेयर धितोकर्जाको मार्जिन ५० बाट ६० पनि पुग्न सकेन।'

उनले अगाडी भने, यहाँ बिज्ञहरुले बजारमैत्री मौद्रिक नीति आएको छ भनेका छन, खोइ मार्जिन कर्जाको सिलिंग बढाएको छैन, कसरी बजार मैत्री भयो ?, मार्जिन लिमिट ६० पुर्याईदिएको भए हामी जस्ता साधारण लगानीकर्ताले बुझ्थ्यों र खुसि हुन्थ्यौं तर त्यस्तो हुन खतिवडाले नै रोके भन्छन'   

मौद्रिक नीति सुन्न आएका अधिकांश शेयरलगानीकर्ताले समेत राष्ट्र बैंकको गभर्नरको प्रशंसा गरेपनि अर्थमन्त्री खतिवडाप्रति भने असन्तुष्टि व्यक्त गरेका थिए। 

     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved