'साउन १ देखि नै अनलाइन आउँछ, पुरानो कार्यतालिकामा केहि हेरफेर हुँदैन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 12, 2018 | 01:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जका नयाँ कार्यकारी प्रमुख रमेश अर्यालले साउन १ देखि नै अनलाइन कारोबार प्रणाली आउने बताएका छन।  चन्द्र सिंह साउद खारेजीमा परेपछि नेप्सेको जिम्मेवारी सम्हालेका अर्याललाई बधाई तथा शुभकामना दिन नेप्से कार्यालय पुगेका शेयर लगानीकर्ता संघका पदाधिकारीहरुसंगको कुराकानीमा अर्यालले पुरानो कार्यतालिकामा केहि हेरफेर नगरि समयमै अनलाइन कारोबार प्रणाली आउने बताएका हुन।   

संघका अध्यक्ष उत्तम अर्यालको नेतृत्त्वमा नेप्से कार्यालय पुगेका टोलिले नेप्सेका कार्यकारी प्रमुख अर्याललाई अनलाइन कारोबार प्रणाली र शेयरबजार बारे अहिलेसम्मको गतिबिधिबारे जानकारी गराएका थिए। उक्त भेटमा आफ्नो आगमनले पुर्व निर्धारण कार्यतालिकामा कुनै फेरबदल नहुनेमा अर्यालले संघका पदाधिकारीलाई बिश्वास दिलाए। 

लगानीकर्ताले नेप्सेमा अर्यालको आगमनले अनलाइन कारोबार प्रणाली लागू गर्ने बिषय अझै पर धकेलिने आशंका गरेको संघका पदाधिकारीहरुले जानकारी गराए।  अर्यालले आफ्नो आगमन पुरानैको निरन्तरता सम्झन आग्रह गर्दै आफुले २-३ चरणमा ब्रोकर साथीहरुलाई बोलाएर यसबारे छलफल गरेको जवाफ दिए।छलफलमा संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेल, महासचिब जगन्नाथ पुडासैनी, सदस्य अमर डंगोल र नेप्सेका पदाधिकारीहरु उपस्तिथी थियो।  


   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved