संस्थागत सुशासन निर्देशिका साउन १ देखि लागु हुदै, बोर्ड भन्छ 'कार्यन्वयन चुनौतीपूर्ण'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 12, 2018 | 04:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका कार्यान्वयन सम्बन्धी अन्तरक्रिया/छलफल कार्यक्रम आयोजना गरेको छ  । बोर्डले आगामी साउन १ गतेदेखि सुचिकृत कम्पनीहरुलाई शेयरधनिहरुप्रति जवाफदेही र उत्तरदायी बनाउन 'संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ लागू' गर्दै छ । 

यसैको पुर्वसन्ध्यामा बोर्डले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो  ।  कार्यक्रममा बोर्डका अध्यक्ष डा रेवत कार्कीले सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ दिदै नेपाल धितोपत्र बोर्ड धितोपत्र नियमन निकायहरुको अन्तरर्राष्ट्रिय संस्था (आइओस्को) को सदस्य भैसकेकोले धितोपत्र बजारमा संस्थागत सुशासनमा सुधार ल्याउनुपर्ने दबाव बढ्दै गएको सन्दर्भमा बोर्डले यो निर्देशिका तयार गरी लागू गर्न गईरहेको जानकारी दिएका थिए ।  निर्देशिका विशेष नियमन निकाय नभएका विभिन्न क्षेत्रका कम्पनीहरुलाई समेत लक्षित गरिएकोले यसका व्यवस्थाहरुलाई पूर्णरुपमा परिपालना गराउने कार्य चुनौतीपूर्ण रहेको डा कार्कीले बताए। यद्यपि उनले  सम्बन्धित पक्षहरुबाट यसलाई सकारात्मकरुपमा लिई आवश्यक सहयोग भएमा यसका व्यवस्थाहरु लागू गर्न कुनै कठिनाई नहुने विश्वास व्यक्त गरे ।

संस्थागत सुशासन सम्बन्धमा 'आर्थिक सहयोग तथा विकास संगठन' ले अख्तियार गरेको प्रमुख ६ सिद्दान्त र छिमेकी मुलुक भारत, श्रीलंका र मलेसिया तथा अन्य एशियाली देशमा सुशाशन सम्बन्धमा गरिएका अभ्यास र नेपालमा बिध्यमान रहेका व्यवस्थालाई आधार मानि यो निर्देशिका तयार गरिएको बोर्डले जनाएको छ। 

निर्देशिकाले सूचना तथा जानकारी प्रवाह गर्ने, सञ्चालक समिति, सञ्चालकको अयोग्यता, काम कर्तव्य र अधिकार तथा बैठक भत्ता, संस्थाको हित बिपरित कार्य गर्न नहुने, आन्तरिक नियन्त्रण प्रणाली लगायतका विषयमा मापदण्ड निर्धारण गरेको छ । 

निर्देशिकाले सूचीकृत संगठित संस्थाहरुलाई अनुसाशित बनाई सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउन मद्धत पुग्ने विश्वास धितोपत्र बोर्डले लिएको छ ।

निर्देशिकामा भएका मुख्य व्यवस्थाहरु यस्ता छन: 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved