25 Sep, 2018 | ९ आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

एभरेष्ट इन्स्योरेन्सले माग्यो १०५ प्रतिशत हकप्रद निष्काशनको अनुमति, कसरी पुग्छ १ अर्ब पुंजी ?

Posted on:July 12, 2018

citizen bank

एभरेस्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरुको लागि १:१.०५ को अनूपातमा १०५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  । 

अब कम्पनीले १४ करोड ३ लाख ३२ हजार, ५ सय रुपैया बराबरको १४ लाख ३ हजार ३ सय २५ कित्ता शेयर निष्काशन गर्ने छ  । कम्पनीले १ अर्ब चुक्ता पुंजी कायम गर्न २ चरणमा गरेर हकप्रद निष्काशन गर्न लागेको हो  । 

हाल कम्पनीको चुक्ता पुंजी पँजी १३ करोड ३६ लाख रहेको छ  । १०५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ भने कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम हुनेछ । यो संस्थापक हकप्रद शेयर हो र हाल कायम रहेका सदस्यहरुलाई नै बिक्रि गरिने हो  ।

५१:४९ शेयर स्वामित्व कायम भएपछि कम्पनीले पुन ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ  । ३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ ।

उदाहरणको लागि यदि अहिले कुनै लगानीकर्तासंग कम्पनीको १०० कित्ता शेयर छ भने १० प्रतिशत बोनसपछि ११० कित्ता हुनेछ  ।  १०५ प्रतिशत हकप्रदपछि २२५.५ कित्ता सेयर हुनेछ । २२५.५ कित्ता मध्ये ११० कित्ता साधारण शेयर हो जुन बोनस पश्चात कायम भएको थियो । बाँकि ११५.५ कित्ता शेयर भने संस्थापक हकप्रद भरेको हुनाले संस्थापक सेयर हुनेछ ।

२२५.५ कित्ता सेयर भए पछि  कम्पनीले  ३०० प्रतिशत हकप्रद जारि गर्ने छ । त्यस पछि शेयर संख्या  ६७६.५ कित्ता पुग्ने छ । ६७६.५ कित्ता मध्ये ३३० कित्ता साधरण र ३४६.५ कित्ता संस्थापक सेयर हुनेछ । 

 कम्पनीले यस अघि बिमा समितिले तोकेको चुक्ता पुंजी पुर्याउन ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक शेयरधनी नभएको र संस्थापक शेयरधनी कायम गरेर मात्र हकप्रद निष्काशन गर्न निर्देशन दिएको थियो । 

Share your thoughts!

Loading...

Trending