24 Sep, 2018 | ८ आश्विन २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

एनएमबि बैंकको एफपिओमा माग भन्दा बढीको आवेदन, सबैले माग अनुसारको शेयर नपाउने

Posted on:July 12, 2018

citizen bank

एनएमबि बैंकले खुला गरेको फर्दर पब्लिक अफरिंङ (एफपीओ) मा माग भन्दा बढीको आवेदन परेको छ ।  बैंकले जेठ ३० गतेदेखि छिटोमा असार ३ गतेसम्म र ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिने गरी एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।  

आवेदन दिने आज अन्तिम दिनसम्म ७० हजार ६ सय ८० जना आवेदन बाट कुल ३ अर्ब ९१ करोडको आवेदन परेको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ  ।  पुरै शेयर बिक्रि नभई अण्डरराइटरहरुले उठाउनु पर्ने अवस्था आउन सक्ने आँकलन गरिएकोमा माग भन्दा बढीको आवेदन पर्नु अधिकांशलाई आश्चर्यको बिषय बनेको छ  । एफपिओमा आज अन्तिम दिन मात्र ४४ सय २० आवेदन बाट १ अर्ब १४ करोड बराबरको आवेदन परेको छ  ।  

माग भन्दा बढी आवेदन परेपनि गोलाप्रथा गर्नु पर्ने स्थिति नआउँन सक्छ तर सबैले माग अनुसार कै शेयर भने पाउने छैनन  ।  

सबै शेयर नबिक्ने निश्चित प्राय नै भएको बेला बैंकले  एफपीओले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको थियो । बैंकको यहि अश्त्रले एफपिओमा माग भन्दा बढीको आवेदन परेको हो  । अझै पनि बैंकहरुबाट अन्तिम डाटा आई नसकेकोले आवेदनको संख्या अझ बढ्न सक्ने बिक्रि प्रबन्धका नागरिक लगानी कोषले जनाएको छ । बैंकको शेयर बिक्रि नभएपछि नेपाल धितोपत्र बोर्डले (एफपीओ) मा आबेदन दिन पाउने अधिकतम सिमा संसोधन गरेको थियो । बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरि सार्वजनिक निष्काशनमा रहेको अधिकतम सिमा हटाउने निर्णय गरेको थियो। 

एफपिओ र १५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७४ करोड पुग्ने छ । 

Share your thoughts!

Loading...

Trending