अबदेखि शेयर बाँडफाँड लगत्तै शेयर कारोबार गर्न पाइने, यसअघिको ३० दिने म्याद खारेज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 12, 2018 | 07:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयर बाँडफाँड भएको तीस दिन भित्र सूचीकरणका लागि निबेदन दिनुपर्ने व्यवस्था खारेज गरेको छ। बोर्डले 'धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५' मार्फत आइपीओ एफपीओ बाँडफाँड लगत्तै सूचीकरण भई शेयर कारोबार गराउने व्यवस्था लागू गरेको हो। 

यस अघि आइपीओ-एफपीओ निष्काशन भएको धितोपत्र बाँडफाँट भएको तीस दिन भित्र सूचीकरणका लागि निवेदन दिनु पर्ने व्यवस्था थियो। यस व्यवस्थालाई खारेज गर्दै बोर्डले विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्ने व्यवस्था लागू गरेको हो। 

विवरणपत्र स्वीकृत भएको ७ दिन भित्र सूचीकरणका लागि धितोपत्र बजारमा निबेदन दिंदा बाँडफाँट हुनासाथ सूचीकरण भई लगानीकर्ताले सम्बन्धित कम्पनीको धितोपत्र कारोबार गर्न पाउने बोर्डको बिश्वास छ।  

'धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५' मा उल्लेख छ, "साविकमा धितोपत्रको सार्वजनिक निष्काशन भएको धितोपत्र बाँडफाँट भएको तीस दिन भित्र सूचीकरणका लागि निवेदन दिनु पर्ने व्यवस्था भएकोमा विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको र बाँडफाँट हुनासाथ सूचीकरण भई कारोबार हुन सक्ने व्यवस्था गरिएको छ।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved