आधा पनि बिकेन जोशी हाइड्रोले निष्काशन गरेको आईपिओ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 01:19:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियम मूल्यमा निष्काशन भएका एफपिओ बिक्रि हुन कठिन भईराहेको बेला १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन भएका आईपिओ पनि बिक्रि हुन् छोडेका छन् । जोशी हाइड्रोपावरले निष्काशन गरेको आईपिओ पुरै बिक्रि नभएको हो  

कम्पनीले जेठ ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ निष्काशन गरेको थियो ।  हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको तीन लाख ७१ हजार चार सय कित्ता शेयर निष्काशन गरेको थियो  । आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन सकिने ब्यबस्था थियो । 

असार ११ गतेसम्म आवेदन माग गरिएकोमा कम्पनीको आईपिओमा केवल १ लाख २९ हजार ३ सय कित्ताको माग परेको हो । यो कुल निष्काशनको ३४.८१ प्रतिशत मात्र हो । अर्थात् कम्पनीको आधा आईपिओ पनि बिक्रि हुन् सकेन । कम्पनीको दुई लाख ४२ हजार १० कित्ताको लागि माग नआएको हो ।

अब कम्पनीले माग नआएको आईपिओ सर्बसाधारणलाई बिक्रि गर्ने गर्नेछ । अब कम्पनीले सर्वसाधारणलाई १६ लाख ९० हजार ४७० कित्ता सेयर जारी गर्नेछ ।  जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेकाे छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved