कहाँ पुग्यो आईपिओ भर्नासाथ खाताको पैसा ब्लक हुने प्रक्रिया ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 01:50:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले धितोपत्रको सार्वजनिक निस्काशनमा लागु गरिएको सी–आस्वा प्रणालीलाई थप प्रभावकारी बनाउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई ४ बुँदे निर्देशन दिएको २ महिना बितेको छ । बोर्डले सी–आस्वा सफ्टवेयर मा समय समयमा connectivity जाने तथा system hang हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको भन्दै ति समस्याको समाधान हुने गरी कार्य गर्न निर्देशन दिएको थियो।

बोर्डले १. सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको connectivity को क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्ने । २. सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै (Real time) जानकारी गराउने संयन्त्रको बिकास गर्ने । ३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने । ४. सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने-गराउन लगाउने । निर्देशन दिएको थियो  

तर बोर्डले निर्देशन दिएको २ महिना बिती सक्दासम्म सिडीएसले सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै (Real time) जानकारी गराउने संयन्त्रको बिकास गर्ने सकेको छैन । हाल आवेदन दिएपछि खाता रोक्का हुन् २४ घण्टासम्म समय लाग्ने गरेको छ ।

खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था गर्ने कार्य निक्कै जटिल रहेको सिडीएसका प्रबक्ता सुरेश न्योपाने बताउछन् ।  उनका अनुसार सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै (Real time) जानकारी गराउने संयन्त्रको बिकास गर्न सम्पूर्ण डाटाहरु इन्टिग्रेट गर्नु पर्ने हुन्छ  । खाता रोक्का गर्ने कार्य सम्बन्धित बैंक तथा वित्तीय संस्थाको भएको र आवेदन दिंदा नै रियल टाइममा खाताको रकम रोक्का गर्नलाई सिडीएसको सिस्टमलाई बैंक तथा वित्तीय संस्थाको इन्टरनल सिस्टमसंग इन्टिग्रेट गर्नु पर्ने हुन्छ । यहि कारण आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था गर्न तत्काल सम्भव नभएको सिडीएसका प्रबक्ता न्यौपाने बताउछन् ।  

हाल ६४ बैंक तथा वित्तीय संस्थाले सीआश्वा सेवा प्रदान गरिरहेका छन् । आवेदन दिंदा नै रियल टाइममा खाताको रकम रोक्का गर्नलाई यी सबै ६४ वटा बैंक तथा वित्तीय संस्थाको इन्टरनल सिस्टमलाई सीआस्वाको सिस्टमसंग इन्टिग्रेट गर्नु पर्ने हुन्छ  । यहि कारण यो ब्यबस्था गर्न ढिलाई भएको सिडीएसले बताएको हो  । 

हाल एप्लिकेसन बनाउने चरणमा रहेको र यस्तो ब्यबस्था पूर्ण रुपमा कार्यन्वयनमा आउँन अझै कम्तिमा ३ महिना लाग्ने प्रबक्ता न्योपानेले जानकारी दिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved