कुमारी बैंकको कट अफ मूल्य तय, बजारमा २ सयमै पाइने शेयरलाई कसले हाल्यो ५ सय ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 07:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले लिलाममा राखेको सर्वसाधारणतर्फको शेयरको कट अफ मूल्य १ सय ७५ कायम भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आज खोलिएको लिलामको बोलपत्र अनुसार कट अफ मूल्य १७५ रुपैयाँ कायम भएको हो । अन्तिम तथ्यांक प्रमाणित गर्न बाँकि रहेपनि १७५ रुपैयाँ कट अफ मूल्य रहने सम्भावना अधिक भएको हो । 

बैंकले लिलामीमा राखेको साधारणतर्फको ६ लाख ३२ हजार २८२ कित्ता सेयरका लागि कूल दुई हजार ५ सय ८८ वटा आवेदन परेको थियो । जस मध्ये अधिकतम ५०० रुपैयाँसम्मको लागि आवेदन परेको थियो । आइतबार दोस्रो बजारमा बैंकको अन्तिम शेयर मूल्य १९८ रुपैयाँ रहेको छ ।  उता संस्थापकतर्फको शेयरको बोलपत्र भने खोल्न बाँकि छ । पाँच लाख एक हजार ९२१ कित्ता संस्थापक सेयरका लागि ३६ वटा आवेदन परेको छ । 

कम्पनीले २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा उल्लेखित शेयर बिक्रि नभएका हुन् । हकप्रद निष्काशनपछि बैंकको क्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ । बैंकले बोनस दिएर ८ अर्ब पुंजी पुर्याउने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved