'५० सेयर ब्रोकरद्वारा पुर्वाधार तयार, साउन १ देखि अनलाइन कारोबार'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 15, 2018 | 07:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन १ देखि अनलाइन कारोबार प्रणाली परिक्षण गर्ने तयारि करिब अन्तिम चरणमा पुगेको छ। नेपाल स्टक एक्स्चेञ्जले दिएको मापदण्ड अनसार नै ५० सेयर ब्रोकरहरुले क्लाउडमा आधारित हार्डवेयर जडान गर्ने काम सप्मन्न गरेलगत्तै अनलाइन कारोबार प्रणाली परिक्षण गर्ने तयारि अन्तिम अवस्थामा पुगेको हो। 

बिजपाटीसंग कुरा गर्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ब्रोकरहरुले २ वटा क्लाउड बेस आइटि कम्पनी सिल्भर लाइनिङ र एक्सेस वर्ल्डबाट हार्डवेयर तयार गरेका छन। 'नेप्सेले तोकेको मापदण्ड अनुसार नै ब्रोकरहरुले पूर्वाधार तयार गरिसकेका छन' उनले भने, 'अहिले त्यसमा सफ्ट्वेयर इन्टिग्रेसनको काम तिब्र गतिमा भैरहेको छ, साउन १ देखि नै अनलाइन कारोबारको परिक्षण प्रणालीको लागि लगभग सम्पूर्ण तयार सकिएको छ।'

नेप्सेले सुरुमा ब्रोकरहरुलाई अनलाइन कारोबारका लागि आफ्नै छुट्टै ब्याकअप राख्न निर्देशन दिएपनि पछी क्लाउड बेस आइटि कम्पनीबाट हार्डवेयर जडान गर्न सक्ने छुट दिएको थियो। 

सोहि अनुसार नै २५ ब्रोकरले सिल्भर लाइनिङबाट हार्डवयर जडान गरेका छन भने २५ ब्रोकरले एक्सेस वर्ल्डबाट सिस्टम लिएका छन। यससंगै अहिलेसम्म नेप्सेकै सर्भरबाट हुँदै आएको कारोबार अब ब्रोकरको आफ्नै सर्भर, डाटा रिकभरबाट हुनेछ।        

ब्रोकरहरुले पूर्वाधारको तयारि गरेसंगै साउन १ देखि लगानीकर्ताले ब्रोकर व्यवसायीकोबाट समानान्तर रेटिङमा अनलाईन प्रणाली र अहिलेको प्रणालीमा सेयर कारोबार गर्न पाउनेछन। 

अनलाइन कारोबार प्रणालीको परिक्षण फेज भएकाले लगानीकर्ताले छुट्टै एक्सेस पाउनेछैनन। यद्दपी आफ्नो युजर नेम र पासवर्डबाट लग इन गरेर लगानीकर्ता आफुले दिएको खरिद बिक्रि आदेश र त्यसको कार्यन्वयनबारे अनलाइनबाटै थाहा पाउन सक्नेछन। '

युएटि परीक्षण सफल भएपछी मात्र अहिलेको प्रणालीलाई बिस्थापित गरिने नेप्सेले जनाएको छ। कारोबारको म्याचिङ भने अहिलेको प्रणालीबाट हुनेछ। 

सोमबार बेलुका सबै सरोकारवालाहरुको छलफल पश्चात साउन १ देखि अनलाइन कारोबार प्रणालीको परिक्षण सुचारु हुने एक ब्रोकर ब्यवसायीले बिजपाटीलाई भने। सोमबार कारोबार प्रणालीबारे अन्तिम छलफल भएपश्चात मंगलबारदेखि लगानीकर्तालाई युजर नेम र पासवर्ड वितरण गरिने उनले बताए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved