हकप्रद निष्काशनको लागि नयाँ नेपाल लघुवित्तको बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 10:25:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्तले हकप्रद निष्काशनको प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ  । कम्पनीले 

१:२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । लघुवित्तले हकप्रद निष्काशनका लागि श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गर्ने जनाएको छ । साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  ।

कम्पनीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved