एनएमबि बैंकको एफपिओमा आज बाँडफांड हुदै, सबैले माग अनुसारको शेयर नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 02:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले खुला गरेको फर्दर पब्लिक अफरिंङ (एफपीओ) आज सोमबार बाँडफांड हुदै छ  ।  बिक्रि प्रबंधक नागरिक लगानी कोषले दिउँसो ४:३० बजे शेयर बाँडफांड गर्न लागेको हो ।   

  बैंकले जेठ ३० गतेदेखि छिटोमा असार ३ गतेसम्म र ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिने गरी एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।  

बैंकको एफपिओमा ७० हजार ६ सय ८० जना आवेदन बाट कुल ३ अर्ब ९१ करोडको आवेदन परेको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ  ।  पुरै शेयर बिक्रि नभई अण्डरराइटरहरुले उठाउनु पर्ने अवस्था आउन सक्ने आँकलन गरिएकोमा माग भन्दा बढीको आवेदन पर्नु अधिकांशलाई आश्चर्यको बिषय बनेको छ  । एफपिओमा अन्तिम दिन मात्र ४४ सय २० आवेदन बाट १ अर्ब १४ करोड बराबरको आवेदन परेको थियो । माग भन्दा बढी आवेदन परेपनि गोलाप्रथा गर्नु पर्ने छैन तर सबैले माग अनुसार कै शेयर भने पाउने छैनन  । थोरै आवेदन दिनेले माग अनुसार कै शेयर पाए पनि धेरै आवेदन दिनेले माग भन्दा केहि कम शेयर पाउने भएका हुन् । 

सबै शेयर नबिक्ने निश्चित प्राय नै भएको बेला बैंकले  एफपीओले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको थियो । बैंकको यहि अश्त्रले एफपिओमा माग भन्दा बढीको आवेदन परेको हो  ।  

एफपिओ र १५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७४ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved