आर्थिक बर्षको अन्तिम दिन नेप्सेको सुखद बिदाई, तर सुखद रहेन यो बर्ष

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 03:42:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको अन्तिम दिनको शेयर कारोबारमा शेयर बजारमा हरियाली छाएको छ। बजारमा शेयर लगानीकर्ताको मनोबल बढाउने गतिबिधि बढ्दै जाँदा बर्षको अन्तिम दिनको कारोबारमा नेप्से सकारात्मक देखिएको छ। 

आर्थिक बर्षको अन्तिम दिन बजार परिसूचक नेप्से १२.२७ अंकले बढेर १२१२।३६ को बिन्दुमा उक्लिएको छ। यस बर्षको अन्तिम दिनको कारोबारमा बजारलाई कारोबार रकमले समेत साथ दिएको छ। 

आज कारोबारमा आएका १५९ कम्पनीका ११ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्रिबाट ३१ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। केहि दिन यता १५-२० करोडको कारोबार भएकोमा बर्षको अन्तिम दिन ३१ करोडको कारोबार हुँदा लगानीकर्तामा आत्मविश्वास बढेको विश्लेषण गरिएको छ। 

नयाँ बर्षको सुरुवातमा पुर्वसन्ध्यामा लगानीकर्ताको मनोबल बढाउने गतिबिधि बढेकाले लगानीकर्ताको आत्मविश्वास बलियो देखिएको छ। बजारमा तरलता सहज हुँदै जाने, कम्युनिष्ट सरकारले आफ्नो योजनाको बजेट अब समयमै खर्च गर्ने र बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुने, स्प्रेड रेट घटेर साढे ४ प्रतिशतमा आइपुग्दा ब्याजदर समेत घट्ने लगायतका सकारात्मक कुराहरुका कारण शेयर लगानीकर्ताको मनोबलमा बलियो बनेको हो। 

सुखद भएन यो बर्ष 

बर्षको अन्तिम दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से सकारात्मक भएपनि आर्थिक बर्ष २०७४-७५ शेयर लगानीकर्ताको लागि सुखद रहेन। नीतिगत अन्यौल, महँगो ब्याजदर, तरलता अभाब जस्ता कारणले शेयरबजारमा बर्षभर तिब्र उतारचढाब रह्यो।

यो एक बर्षमा बजार परिसूचक नेप्से ३७० अंकले घट्न गई बिभिन्न कम्पनीको शेयर मुल्य घट्दा लगानीकर्ताले ४ खर्ब रुपैयाँ गुमाएका छन्। गत आर्थिक बर्षको अन्तिम दिन बजार पुंजीकरण १८ खर्ब ५६ अर्ब रहेकोमा यस आर्थिक बर्षको अन्तिम दिनसम्म आईपुग्दा बजार पुँजीकरण ४ खर्ब २१ अर्बले घटेर १४ खर्ब ३५ अर्बमा सिमित भएको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved