सूर्या लाइफको लाभांश प्रस्ताब पारित, चुक्ता पुंजी बढाउन अर्को ७० प्रतिशत हकप्रद बिक्रि गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 16, 2018 | 05:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताब पारित भएको छ। कम्पनीको दशौँ बार्षिक साधारणले संचालक समितिले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको हो। 

सूर्या लाइफले ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कायम १ अर्ब १ करोड चुक्ता पुंजीबाट १२ प्रतिशत बोनस सेयर वितरण गरेको हो।  कर प्रयोजनका लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश छुट्याएको छ। १२ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब १३ करोड १२ लाख पुग्नेछ। 

हालै मात्र ४० प्रतिशत हकप्रद बिक्रि गरेको सूर्या लाइफको दशौँ बार्षिक साधारणसभाले बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन थप ७० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ। 

नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेपश्चात मात्र सूर्या लाइफको हकप्रद बिक्रि प्रकृया अगाडी बढ्नेछ। ७० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब ९२ करोड हाराहारी पुग्नेछ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved