एनएमबि बैंकको एफपीओ बाँडफाँड, बिजपाटीमा यसरी हेर्नुस आफ्नो नतिजा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 07:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको एफपीओ बाँडफाँड भएको छ। बैंकको आफ्नै कार्यालयमा सोमबार भएको एफपीओ बाँडफाँडमा ६९ हजार ६२६ जनाले एनएमबि बैंकको शेयर पाएका छन।

बैंकले बिक्रिमा राखेको ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको  १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओमा ६९ हजार ६४६ जनाले आबेदन दिएका थिए। जसमा ६९ हजार ६२६ जनाले मात्र बैंकको एफपीओ पाएका छन। 

१० कित्ता देखि एक लाख ५० हजार १५० कित्ता एफपीओ माग गर्ने सबैले बैंकको एफपीओ पाएका छन भने एक जनाले दुई आवेदकले क्रमश: १ लाख ८५ हजार ७२६ र १ लाख ८७ हजार ७२७ कित्ता एफपीओ पाएका छन। तर दोहोरो आबेदन दिने १० जनाले भने एनएमबि बैंकको एफपीओ पाएनन। 

बैंकले बिक्रिमा राखेको १ करोड १४ लाख १५ हजार १६३ कित्ताका लागि १ करोड १४ लाख ८३ हजार २४० कित्ता माग भएको थियो। यो भनेको ६३ हजार ७४७ कित्ताले बढी हो। बैंकको एफपीओमा न्युनतम १० कित्ता र बढीमा २ लाख २५ हजार २०० कित्ता माग भएको थियो। 

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकाशित गरिएको छ ।  बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा एनएमबि बैंक छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । नाम हालेर इन्टर गरेपछि आफुले आवेदन दिएको कित्ता र आफुले पाएको कित्ता देख्न सकिन्छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved