पञ्चकन्या माई हाइड्रोपावरको ११ करोडको आईपिओ बिक्रि खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 17, 2018 | 07:47:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावरले आज साउन १ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आइपीओ) बिक्रि खुला गरेको छ । हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको हो । 

११ लाख कित्ता मध्ये ४ प्रतिशत अर्थात् ४४ हजार कित्ता कर्मचारीहरुलाई तथा ५ प्रतिशत अर्थात् ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि १० लाख १ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १५ गतेसम्म आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ५५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्  । सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने छ  ।

कम्पनीले जेठ ७ गते आइपीओ बिक्रिको अनुमति माग्दै बोर्डमा आबेदन दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ ४ पाएको छ, यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको बुझिन्छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई यस अघि नै आइपीओ निष्काशन गरी बाँडफांड गरिसकेको छ। 

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved