अनलाइन कारोबार : केवाईसी अध्यावधिक नगरे युजर नेम र पासवर्ड नपाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 17, 2018 | 08:15:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण गर्ने भएको छ। साउन १ देखि अनलाइन कारोबारको परिक्षण सुरु भएलगत्तै शेयर लगानीकर्ताहरुले आफुले कारोबार गर्दै आएको ब्रोकरबाट युजर नेम र पासवर्ड प्राप्त गर्नेछन। तर युजर नेम र पासवर्ड लिनको लागि लगानीकर्ताले केवाईसी अनिवार्य अध्यावधिक गराउने पर्ने छ । केवाईसी अध्यावधिक गराउदा खासगरी इमेल आईडी र मोबाइल नम्बर अनिवार्य भएको नेप्सेले जनाएको छ ।

हाललाई परिक्षण कारोबार भएकाले लगानीकर्ताले युजर नेम र पासवर्ड पाएपनि अर्डर दिन पाउनेछैनन तर ब्रोकरले लिएको अर्डरको कार्यन्वयन कसरि भईरहेको छ भन्ने कुरा अनलाइन मार्फत नै जानकारी प्राप्त गर्नेछन। ब्रोकरले दिएको आदेश र आफ्नो आदेश सिस्टममा म्याचिङ भए नभएको हेर्न सक्ने छन् । 

युजर एसेप्टेन्स टेष्ट (युएटी) नभई अनलाइन प्रणाली पूर्ण रुपमा कार्यन्वयन हुने छैन  । नेप्सेले (युएटी) का लागि एक भारतीय कम्पनीलाई नियुक्त गरिसकेको छ।  यस प्रणालीको परिक्षण तथा छेक जांच कार्य सम्पन्न भईसकेपछि सिस्टमले आईएसओ प्रमाणपत्र पाउने छ । युजर एसेप्टेन्स टेष्ट (युएटी) टेस्ट गर्ने कम्पनीले औपचारिक कारोबारको लागि यो सिस्टम योग्य छ भन्ने सिफारिस गरेपछि नियामक निकायको स्वीकृति लाई अनलाइन ट्रेडिङ पूर्ण रुपमा संचालनमा आउने छ छ। युएटि परीक्षण सफल भएपछी मात्र अहिलेको प्रणालीलाई बिस्थापित हुनेछ। 

 साउन १ देखि परिक्षण कारोबार गर्नका लागि नेप्सेले दिएको मापदण्ड अनुसार नै ५० सेयर ब्रोकरहरुले क्लाउडमा आधारित हार्डवेयर जडान गर्ने काम सप्मन्न गरिसकेका छन। ब्रोकरहरुले २ वटा क्लाउड बेस आइटि कम्पनी सिल्भर लाइनिङ र एक्सेस वर्ल्डबाट हार्डवेयर तयार गरेका छन। अहिले त्यसमा सफ्ट्वेयर इन्टिग्रेसनको काम तिब्र गतिमा भैरहेको छ।    

२५ ब्रोकरले सिल्भर लाइनिङबाट हार्डवयर जडान गरेका छन भने २५ ब्रोकरले एक्सेस वर्ल्डबाट सिस्टम लिएका छन। यससंगै अहिलेसम्म नेप्सेकै सर्भरबाट हुँदै आएको कारोबार अब ब्रोकरको आफ्नै सर्भर, डाटा रिकभरबाट हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved