नयाँ आर्थिक बर्षको शुभारम्भसंगै शेयरबजारमा लागू हुँदैछ यी ४ नयाँ व्यवस्था

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 17, 2018 | 10:56:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षको शुभारम्भसंगै शेयरबजारमा आजदेखि केहि नीतिगत परिवर्तन भएका छन। सरकारले नयाँ आर्थिक बर्षदेखि लागू हुनेगरि बजेट मार्फत घोषणा गरेका कार्यक्रमहरु मध्ये शेयरबजारमा समेत नयाँ कार्यक्रम लागू हुने भएका छन। 

अनलाइन कारोबारको सुरुवात 

लामो समयदेखि चर्चा र विवादमा रहेको अनलाइन कारोबार प्रणाली आजदेखि कार्यन्वयनमा आएको छ। शेयरबजारमा अनलाइन कारोबार प्रणाली ल्याउने मिति पटक पटक पुनरावलोकन हुँदा नेप्से आलोचित बनेको थियो भने लगानीकर्तामा समेत निराशा देखिएको थियो। तर नेप्सेले यस पटक पुर्वघोसित मिति अनुसार नै आजदेखि नै अनलाइन कारोबार प्रणाली भित्र्याएको छ। 

यद्दपी आजदेखि लागू हुने भनिएको अनलाइन कारोबार प्रणाली पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण मात्र हो। समानान्तर रेटिङमा अनलाईन प्रणाली र अहिलेको प्रणालीमा सेयर कारोबार हुने भएकाले अहिले कायम प्रणालीबाट नै लगानीकर्ताले खरिद बिक्रि आदेश दिनुपर्नेछ तर ब्रोकरले लिएको अर्डर कसरि कार्यन्वयन हुँदैछ भन्ने कुरा लगानीकर्ताले घर, अफिसमै बसेर अनलाइन मार्फत जानकारी लिन सक्नेछन। यसरि जानकारी लिनका लागि लगानीकर्ताले अनिवार्य रुपमा युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ। आज देखि नै लगानीकर्तालाई युजर नेम र पासवर्ड वितरण गरिनेछ। 

क्लाेजअाउटमा नयाँ नियम कार्यान्वयन

शेयरबजारका लगानीकर्ताले आजदेखि क्लोज आउटमा पाउने रकमबाट सरकारलाई २५ प्रतिशत तिर्नुपर्ने भएको छ। यस अघि क्लोज आउटबाट प्राप्त रकममा कुनै लाभकर नलागेपनि सरकारले नयाँ आर्थिक बर्षको पहिलो दिन देखि नै २५ प्रतिशत आकस्मिक लाभकर उठाउने भएको हो।

लगानीकर्ताले आफुले बेचेको शेयर तीन दिन भित्र राफसाफ गरि सक्नु पर्ने हुन्छ। तर यदि बेचेको शेयर तीन दिन भित्र राफसाफ गर्न नसकेको अवस्थामा शेयर बिक्रेताले सम्बन्धित शेयर खरिदकर्तालाई खरिद गर्न चाहेको शेयर रकमको २० प्रतिशत रकम जरिवाना स्वरूप तिर्नुपर्ने हुन्छ। 

यसरि जरिवाना स्वरूप तिर्नुपर्ने भयो भने क्लोज आउट मा परेको भनिछ। क्लोज आउटमा पर्ने शेयर बिक्रेताबाट खरीदकर्ताले पाएको २० प्रतिशत जरीवाना बापतको रकमलाई सरकारले उपहार या सित्तैमा पाएको सोचेकाले साउन १ देखि यसमा २५ प्रतिशत आकस्मिक कर लगाउने निर्णय गरेको हो। 

बढेको पुँजीगत लाभकर तिर्नुपर्ने

आजदेखि शेयरबजारका व्यक्तिगत लगानीकर्ताहरुलाई पुँजीगत लाभकरको दर बढेको छ। यस अघि ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका  लगानीकर्ताले अब ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। 

त्यस्तै संस्थागत लगानीकर्ताको पुँजीगत लाभकरको दर भने यथावत नै राखेको छ। २५ प्रतिशत आयकर तिर्दै आएका संस्थागत लगानीकर्ताहरुले पूँजीगत लाभकर १० प्रतिशत तिर्दै आएकोमा त्यसमा कुनै परिमार्जन नगरिएको हो। साथै विदेशी कम्पनीले सूचीकृत कम्पनीको सेयर बिक्री गर्दा गर्ने नाफामा २५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ। 

सरकारले शेयरबजारका व्यक्तिगत लगानीकर्ताहरुको पुँजीगत लाभकरको दर संसोधन गरेको छ। यस अघि ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका  लगानीकर्ताले अब ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। झट्ट सुन्दा यो शुल्क ५० प्रतिशतले बढेको देखिएपनि लगानीकर्तालाई यसले ठुलो मार नपर्ने विश्लेषण गरिएको छ। यद्दपी छोटो अवधिका लागि लगानी गर्ने कारोबारीहरुको लागि भने बढेको पुँजीगत लाभकर नमिठो बनेको छ। 

त्यस्तै सरकारले संस्थागत लगानीकर्ताको पुँजीगत लाभकरको दर भने यथावत नै राखेको छ। २५ प्रतिशत आयकर तिर्दै आएका संस्थागत लगानीकर्ताहरुले पूँजीगत लाभकर १० प्रतिशत तिर्दै आएकोमा त्यसमा कुनै परिमार्जन नगरिएको हो। साथै विदेशी कम्पनीले सूचीकृत कम्पनीको सेयर बिक्री गर्दा गर्ने नाफामा २५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ। 

सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण

आजदेखि नेप्सेमा सुचिकृत संस्थाहरु चार बर्गमा बर्गिकरण हुने भएका छन। नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ मा सूचीकृत संगठित संस्थाहरुलाई चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरे अनुसार आजदेखि यो व्यवस्था लागू हुने भएको हो।  

बोर्डको व्यवस्था अनुसार अब सूचीकृत संगठित संस्थालाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गरिनेछ । यसअघि यस्ता संस्थालाई ए र वि गरी दुई समुहमा वर्गिकरण गरिँदै आएको थियो ।

-क्लोज आउटबाट पाएको रकमलाई सरकारले 'उपहार' बुझ्यो, साउन १ देखि २५ प्रतिशत लाभकरको भार

-शेयरबजार भ्याट आतंकबाट मुक्त, संस्थालाई पुँजीगत लाभकर पुरानै कायम

-साउन १ देखिको अनलाइन कारोबार 'ऐना' हेरे जस्तै, अर्डर हेर्न युजर नेम र पासवर्ड लिनुपर्ने

-अनलाइन कारोबार : केवाईसी अध्यावधिक नगरे युजर नेम र पासवर्ड नपाइने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved