१८ दिनमा नेपाल बैंकको १० प्रतिशत एफपिओ पनि बिकेन, हालसम्म कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 17, 2018 | 01:48:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले एफपिओ बिक्रि खुला गरेको १८ दिन पुरा हुँदासम्म पनि एफपिओमा पर्याप्त आवेदन पर्न सकेको छैन । बैंकले असार १५ गतेदेखि एफपिओ निष्काशन गरेको हो । 

बैंकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रि खुला गरेको हो । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गरेको हो  । 

बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार एफपिओमा असार ३२ गतेसम्ममा १२ हजार ७ सय ७९ आवेदकबाट १३ लाख ५४ हजार ७ सय ५० कित्ताको लागि आवेदन परेको छ । यो कुल निष्काशन कित्ताको ८ प्रतिशत भन्दा पनि कम हो  । अर्थात् १८ दिनसम्म आईपुग्दा कम्पनीको एफपिओमा ८ प्रतिशत पनि आवेदन पर्न सकेको छैन  । अब बाँकि १३ दिनमा ९० प्रतिशत भन्दा बढीको लागि आवेदन पर्ने सम्भावना न्यून छ  । 

लगानीकर्ताले  साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  साथै निष्काशन खुला गरिएको पहिलो दिन देखि नै संगठित संस्थालाई समेत आवेदन खुला गरिएको छ । 

लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

 एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved