एफपीओ बिक्रि हुन छाडेकैबेला फेरी अर्को बाणिज्य बैकलाई एफपीओ निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 17, 2018 | 07:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एफपीओ बिक्रि हुन छाडेकै बेला नेपाल धितोपत्र बोर्डले सिटिजन बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको छ। बजार मूल्यकै हाराहारीमा एफपीओ जारी हुँदा बिक्रि हुन नसकेर प्रत्याभूतकर्ताले किन्न बाध्य भएकै अवस्थामा सिटिजन बैंकले एफपीओ निष्काशनको अनुमति पाएको हो। 

बैंकले एक सय अंकित मुल्यमा प्रिमियम थप गरेर प्रति कित्ता २०० रुपैयाँमा एफपीओ बिक्रि गर्ने अनुमति पाएको हो। बैंकले ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्नेछ। एफपीओ बिक्रिबाट बैंकको चुक्ता पुंजीमा ४ करोड ६३ लाख थपिनेछ भने प्रिमियम बापत प्राप्त रकम बैंकको जगेडा कोषमा जम्मा हुनेछ।

संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासनको बिकल्प रोज्नुपरेको हो। हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । 

बजार मुल्यकै हाराहारीमा एफपीओ बिक्रि खुला गर्दा नेपाल बैंकको एफपीओ १८ दिनमा ८ प्रतिशत मात्र बिक्रि भएको छ। दोस्रो बजारको अवस्था यस्तै रहंदा सिटिजन बैंकको एफपीओमा पनि लगानीकर्ताले चाँसो नदिने सम्भावना बढी छ। साउन १ गतेको शेयर कारोबारमा सिटिजन बैंकको शेयर मुल्य प्रति कित्ता २३३ रुपैयाँ छ।    




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved