पहिलो दिनमै बिक्यो पञ्चकन्या माई हाइड्रोको आइपीओ, १८ हजार बढीको आबेदन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 12:18:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावरले साउन १ देखि सर्वसाधारणमा जारि गरेको साधारण शेयर (आइपीओ) पहिलो दिनमा नै बिक्रि भएको छ। कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणका लागि बिक्रिमा राखेको १० लाख १ हजार कित्ता पहिलो दिनमा नै बिक्रि भएको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। 

कुल १० लाख १ हजार कित्ताका लागि करिब १८ हजार आवेदकबाट १३ लाख कित्ता सेयर माग भएको क्यापिटलले जनाएको छ। कम्पनीले जारि गरेको कुल ११ लाख कित्ता मध्ये ४ प्रतिशत अर्थात् ४४ हजार कित्ता कर्मचारीहरुलाई तथा ५ प्रतिशत अर्थात् ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ।   

लगानीकर्ताले छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १५ गतेसम्म आवेदन दिन सक्ने छन्। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ५५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने छ  ।

कम्पनीले जेठ ७ गते आइपीओ बिक्रिको अनुमति माग्दै बोर्डमा आबेदन दिएको थियो। कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ ४ पाएको छ, यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको बुझिन्छ । 

कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved