फर्स्ट माइक्रोफाइनान्सको 'फर्स्ट' मै वित्तीय रिपोर्ट, कठिन अवस्थामा पनि कमाईमा उल्लेख्य प्रगति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 09:27:35 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको चौथो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अघिका दिन झैँ 'फर्स्ट' मा वित्तीय विवरण सार्वजनिक गरेको फर्स्ट माइक्रोफाइनान्सले करिब २७ प्रतिशतले खुद मुनाफा बढेको वित्तीय विवरण प्रस्तुत गरेको छ। 

ब्याजदर बढेर लागत बढेको कठिन अवस्थामा पनि फर्स्ट माइक्रोफाइनान्सले यस अवधिमा १० करोड २१ लाख खुद मुनाफा गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा २ करोड २० लाखले बढी हो।  यस अवधिमा फर्स्ट माइक्रोफाइनान्सले ३ अर्ब २४ करोड कर्जा सापटी लिएर ४ अर्ब १३ करोड कर्जा लगानी प्रवाह गरेको छ। 

फर्स्ट माइक्रोफाइनान्सको ब्याज खर्च र लागत बढ्दा समेत खुद संचालन मुनाफा करिब ३० प्रतिशतले बढेको छ। बैंकहरुबाट महँगो ब्याजदरमा कर्जा सापटी लिएर १८ प्रतिशतको सिलिंग भित्र रहेर कर्जा लगानी गर्दा समेत फर्स्ट माइक्रोले खुद मुनाफामा उल्लेख्य प्रगति गर्न सफल भएको छ। 

यस अवधिमा लघुवित्तले १६ करोड ५९ लाख खुद ब्याज आम्दानि गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा लघुवित्तले १२ करोड ४२ लाख खुद ब्याज आम्दानि गरेको थियो।  

यस अवधिमा फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पुंजी ६८ करोड ४३ लाख छ भने जगेडा कोषमा १८ करोड ४४ लाख छ। त्यस्तै खराब कर्जा अनुपात शुन्य रहेको छ। यस अवधिमा फर्स्टको प्रति शेयर आम्दानि १४ रुपैयाँ ९३ पैसा, प्रति शेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा, मुल्य आम्दानिको अनुपात ३६ दशमलब १७ गुणा छ।

खराब कर्जा शुन्य हुनु, सापटी र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुनु, ५० प्रतिशतले चुक्ता पुंजी वृद्धि हुँदा समेत प्रति शेयर आम्दानि सन्तुलनमा रहनु लगायतका लघुवित्तका प्रगति बिबरणका सकारात्मक पक्ष हुन। यद्दपी  महँगो ब्याजदरको कारण लघुवित्तको ब्याज खर्च बढेको छ भने लागत पनि बढेको छ। तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अधिकतम ब्याजदरको सिलिंङ हटाइदिएको छ भने कोषको लागतमा तोकिएको प्रशासनिक खर्चका अतिरिक्त बढीमा ६ प्रतिशत विन्दुसम्म थप गरी कर्जाको ब्याजदर कायम गर्न सक्ने व्यवस्था गरिदिएको छ। जसले आगामी दिनमा लघुवित्तको ब्याज खर्च कम हुनेछ भने मुनाफा बढाउन सघाउनेछ। 

   

लघुवित्त वित्तीय संस्थाका ४ महत्त्वपूर्ण माग सम्बोधन, व्यक्तिलाई पनि १० लाखसम्म कर्जा दिन पाउने


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved