नेप्सेमा 'तानाशाह' भित्रियो, हाजिर हुन पुगेका साउदलाई प्रवेशमा रोक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 12:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा फेरी अर्को लफडा सुरु भएको छ। अनलाइन कारोबार प्रणालीको परिक्षण सुरु गरेसंगै आलोचीत बनेको नेप्सेमा प्रमुख कार्यकारीलाई लिएर लफडा सुरु भएको हो। 

नेप्से संचालक समितिका अध्यक्ष लक्षमण न्यौपानेले सर्वोच्चको आदेश बिपरित नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदलाई हाजिर हुन रोकेपछि लफडा सुरु भएको हो। सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि दोस्रो दिन हाजिर हुन जाने तयारीमा रहेका साउदलाई अध्यक्षले फोन गरेर नै नेप्सेमा नआउन 'उर्दी' जारि गरेका छन। 

अध्यक्ष न्यौपानेले 'अदालतको आदेश मानिदैन, तपाई आजदेखि नेप्सेमा हाजिरी नहुनुहोला' भन्दै साउदलाई फोन गरेर नेप्से आउन रोकेका छन।  हाजिर नहुनु भन्ने 'फरमान' पाएका साउदले आफुलाई लिखित जवाफ चाहियो भन्दा अध्यक्ष न्यौपानेले लिखित दिन नसक्ने ठाडो जवाफ दिएका छन। 

अध्यक्ष न्यौपानेले छलफलका लागि आफु अर्थमन्त्रालय आएको सुनाउदै नेप्सेमा हाजिर हुनु अगाडी आफ्नो फोन पर्खिन आदेश दिएका छन। अध्यक्षको धम्किपूर्ण फोनपछि नेप्से आउन तयार भएका साउद कार्यालय गएका छैनन। 

'अर्थमन्त्रालय पुगेर फोन गर्छु भन्नुभएको थियो, अहिलेसम्म फोन आएको छैन, हाजिर हुन नेप्से जाँदै छु' साउदले बिजपाटीलाई बताए। अध्यक्ष न्यौपानेले फोनबाट भनेको कुरा लिखित मागेको सुनाउदै साउदले भने, 'लिखित जवाफ चाहियो भन्दा पनि दिन्न भन्नुहुन्छ, फोन कुर्नु भन्नुहुन्छ तर फोन पनि गर्नुहुन्न्न, किन यस्तो गरिएको हो त्यो मैले बुझ्न सकेको छैन, अब नेप्से कार्यालय पुगेर नै जानकारी लिन्छु।'

साउदलाई फोन गर्छु भनेका अध्यक्ष न्यौपानेले अर्थमन्त्रालयबाट सीइओको रुपमा खटाइएका रमेश अर्याललाई नै नेप्से प्रमुखको रुपमा काम लगाइरहेका छन। अदालतले साउदलाई पुनर्बहाली गर्न आदेश दिएर उनी मंगलबार हाजिर भएपछि अर्यालले सोही दिन रेकर्डसहित लगेर हाजिरी फिर्ता गरी अर्थमन्त्रालय फर्किएका थिए। तर अर्याललाई नेप्सेमा फर्काउने अध्यक्ष न्यौपानेको चाहना 'शंकास्पद' देखिन्छ।    सर्वोच्चले दिएको आदेशविपरीत साउदलाई हाजिर हुन नदिनु अदालतको अवहेलना मात्र होइन, तानाशाही शैली भएको सरोकारवालाहरुको भनाइ छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved