शिवम सिमेन्टले साउन १३ गतेदेखि आईपिओ निष्काशन गर्ने, अनलाइबाट आवेदन गर्न नमिल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 09:08:54 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले साउन १३ गतेदेखि आई पिओ निष्काशन गर्ने भएको छ   ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित मकवानपुर जिल्लाका स्थानीयलाई आईपिओ निकरी गर्न लागेको हो  ।

अब कम्पनिले प्रिमियम मूल्यमा स्थानीयको लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ । स्थानीयलाई शेयर निष्काशन गरेपछि सर्बसाधारणलाई ४४ लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले स्थानीय र सर्वसाधारण छुट्टा छुट्टै दर कायम गरेको छ  ।  स्थानीयलाई प्रति कित्ता ३०० मा शेयर बिक्रि गर्ने छ भने सर्वसाधारणलाई प्रति कित्ता ४०० मा शेयर बिक्रि गर्ने छ  ।

स्थानीयहरुले न्युनतम १० कित्ता र अधिक्तं १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले भदौ ११ सम्म आवेदन दिन सक्ने छन्  ।  तर सीआश्वाको अनलाइन बाट भने आवेदन दिन पाइने छैन  । कम्पनीले तोकेको केन्द्रबाट आवेदन फारम लिएर त्यहि बुझाउनु पर्ने छ  । 

कम्पनीको माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको थियो।  कम्पनीले शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका थिए ।   सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्न लागको शिवम सिमेन्ट को उद्योग मकवानपुरको हेटौडामा रहेको छ। चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको यस उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved