आइपिओ निष्काशनको तयारिमा रहेको चौतारी लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 20, 2018 | 12:05:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आइपीओ निष्काशनको तयारिमा रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०७४-०७५ मा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। 

गत आर्थिक बर्ष लघुवित्तले १ करोड ६१ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ। लघुवित्तको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ७५ प्रतिशतले बढी हो। गत आर्थिक बर्ष लघुवित्तले १०४ प्रतिशतले वृद्धि गरि ७८ करोड ५३ लाख कर्जा प्रवाह गरेको छ भने १४९ प्रतिशतले वृद्धि गरी २२ करोड ८ लाख बचत गरेको छ। 

बुुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले कार्य क्षेत्रलाई बिस्तार गरि १० बाट १५ जिल्ला पुर्याएको छ। यस अवधिमा लघुवितको शाखा संजाल ४० पुगेको छ भने २६ हजार ६०४ बिपन्न बर्गका महिलाहरुलाई समुहमा आबद्ध गरि कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पुु–याउदै आइरहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए।

लघुवित्तले ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आइपीओ निष्काशन अनुमति माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको छ। आइपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाखबाट १८ करोड पुग्नेछ। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved