पञ्चकन्या माई हाइड्रोको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 20, 2018 | 10:19:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावरले साउन १ देखि सर्वसाधारणमा जारि गरेको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ ।  हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको हो । 

११ लाख कित्ता मध्ये ४ प्रतिशत अर्थात् ४४ हजार कित्ता कर्मचारीहरुलाई तथा ५ प्रतिशत अर्थात् ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि १० लाख १ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ५५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्  । सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने छ  ।

बिक्रि प्रबन्धक सनराइज क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपिओ पहिलो दिनमा नै बिक्रि भएको छ । पहिलो दिन नै  १८ हजार आवेदकबाट १३ लाख कित्ता सेयर माग भएको क्यापिटलले जनाएको थियो। तेस्रो दिनसम्ममा कुल ९५ हजार आवेदकबाट ६६ लाख ६३ हजार कित्ताको लागि आवेदन परेको छ।  

 कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ ४ पाएको छ, यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको बुझिन्छ । 

कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved