कसले गायब पार्यो नेप्से सञ्चालक समितिको बैठकले गरेको निर्णयको माइन्युट ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 20, 2018 | 01:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फेरी अर्को लफडा सुरु भएको छ। नेप्सेमा प्रमुख कार्यकारीलाई लिएर सुरु भएको विवाद सेलाउन नपाउंदै संचालक समितिको कामलाई लिएर फेरी अर्को लफडा भएको हो। 

शुक्रबारदेखि कार्यभार सम्हाल्न प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउद पुन नेप्से फर्केपछी संचालक समितिले गरेको बैठकबारे अनौठ बिषय सार्वजनिक भएको छ। 

सर्वोच्च अदालतले नेप्सेका सीईओ साउदलाई तत्काल पदमुक्त नगर्न आदेश दिएको परिपल्ट बसेको संचालक समितिको बैठकको माइन्युट नै गायब पारिएको खुलासा भएको छ। साउदले शुक्रबार नेप्से पुगेर बैठकले गरेको निर्णयको प्रति माग गरे पछि सञ्चालक समितिले गरेको निर्णयको माइन्युट नेप्सेबाट गायब भएको खुलासा भएको हो । संचालक समितिको बुधबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयको माईन्युट नै गायब भएको नेप्से स्रोतले जनाएको छ।

साउदले अदालतको आदेशपछी बुधबार नै नेप्से पुगेर हाजिर गरेका थिए। तर नेप्सेका अध्यक्ष न्यौपानेले आफुले नबोलाउदा सम्म हाजिर हुन नआउन भन्दै फोनबाटै उर्दी जारेगरेपछि साउद बिहिबार कार्यालय आएनन। 

बुधबार एकै कोठामा दुई कार्यकारी राखेर नेप्से चलाएका अध्यक्ष न्यौपानेले कार्यालय समय सकेपछी नेप्सेका कर्मचारीले समेत थाहा नपाउने गरि संचालक समितिको बैठक डाकेका थिए। बैठकमा के प्रस्ताब लगियो र के निर्णय भयो भन्ने सम्बन्धमा जानकार नभएको नेप्सेका कर्मचारीहरुले बिजपाटीलाई बताएका छन।

अदालतको आदेशको अपहेलाना हुनेगरि अध्यक्ष न्यौपानेले साउदलाई हाजिर हुन किन रोके भन्ने जति अर्थपूर्ण छ त्यो भन्दा पनि संचालक समितिको बैठकमा के निर्णय भन्ने बिषय महत्त्वपूर्ण छ। अदालतको आदेश बिपरित काम गरेका अध्यक्ष न्यौपानेले (नेप्से) को व्यवस्थापनको जिम्मा सम्हाल्न आएका अर्थका उपसचिव रमेश अर्याललाई आफुसंग संगै विवादमा तानेका छन। 

अध्यक्ष न्यौपानेले बुधबार डाकेको संचालक समितिको बैठकमा अर्यालको समेत उपस्तिथी रहेको खुलासा भएको छ। सर्वोच्चले काम नगर्न आदेश दिएपछि अदालतको आदेश बिपरित हुने गरि बैठकमा अर्याल समेत सामेल हुनुलाई गम्भीर त्रुटी भएको बताइएको छ।  

 संचालक समितिको माइन्युट गाएब गरिएको बिषयबारे अध्यक्ष न्यौपानेको प्रतिकृया लिन खोज्दा उनि यसबारे केहि बोल्न चाहेनन। यता नेप्सेका एक कर्मचारीले भने अध्यक्ष न्यौपानेले कम्पनी सचिब समेत नियुक्त नगरी कार्यालय समय सकेपछी मनोमानी ढंगले आफै संचालक समितिको बैठक डाकेको र त्यहाँ भएको निर्णय लुकाएको आरोप लगाएका छन। 

निर्णयको माइन्युट नै गायब गरिएपछी अध्यक्ष न्यौपाने सहित अन्य संचालक सदस्य र अर्थका उप सचिब अर्याल समेत विवादमा मुछिएका छन। 'सिरियस हावर' मा बसेको संचालक समितिको बैठकले गरेको निर्णय नै गायब पारिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved