नेपाल बैंक १० प्रतिशत एफपिओ बेच्न पनि असफल, हालसम्म कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 12:41:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले एफपिओ बिक्रि खुला गरेको २३ दिन पुरा हुँदासम्म पर्याप्त आवेदन पर्न नसक्दा एफपिओ बिक्न नसक्ने अवस्थामा पुगेको छ  । बैंकले असार १५ गतेदेखि एफपिओ निष्काशन गरेको हो । 

बैंकले प्रिमियम मूल्यमा एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रि खुला गरेको हो । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गरेको हो  । 

बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार एफपिओमा साउन ५ गतेसम्ममा १४ हजार ३  सय २५ आवेदकबाट १४  लाख ९२ हजार ५ सय २०  कित्ताको लागि आवेदन परेको छ । यो कुल निष्काशन कित्ताको ९ प्रतिशत भन्दा पनि कम हो  । अर्थात् एफपिओमा आवेदन दिन ८ दिन मात्र बाँकि हुँदा पनि एफपिओमा १० प्रतिशत पनि आवेदन पर्न सकेको छैन  । बाँकि ८ दिनमा ९० प्रतिशत भन्दा बढीको लागि आवेदन पर्ने सम्भावना न्यून छ  । 

लगानीकर्ताले  साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  साथै निष्काशन खुला गरिएको पहिलो दिन देखि नै संगठित संस्थालाई समेत आवेदन खुला गरिएको छ । 

यस अघि एफपिओ निष्काशन गरेको एनएमनबि बैंकले पनि शेयर नबिक्ने अवस्था आएपछि शेयर बिकाउन बोनस घोषणाको अश्त्र प्रयोग गरेको थियो । तर नेपाल बैंकले भने बोनस दिन सक्ने अवस्थामा छैन । अहिले कै गतिमा आवेदन परेको खण्डमा कम्पनीको एफपिओ पुरै नबिक्ने निश्चित जस्तै छ ।  

लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

 एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved