पञ्चकन्या माई हाइड्रोको आईपिओमा साढे १० गुणा बढीको आवेदन, ५० हजारले शेयर नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 02:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावरले साउन १ देखि सर्वसाधारणमा जारि गरेको साधारण शेयर (आइपीओ)मा साढे १० गुना बढीको आवेदन परेको छ  । हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको थियो । 

 ११ लाख कित्ता मध्ये ४ प्रतिशत अर्थात् ४४ हजार कित्ता कर्मचारीहरुलाई तथा ५ प्रतिशत अर्थात् ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि १० लाख १ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएक थिए । आईपिओमा डेढ लाख आवेदकहरुले  १ करोड ४ लाख ८३ हजार ३ सय ६० कित्ता शेयर माग गरेका छन् । यो माग कुल निष्काशनको १०.४७ गुणा बढी हो  । केहि केन्द्रबाट अझै डाटा आउने कर्ममा रहेकोले यो संख्या अझै बढ्न सक्ने बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ  । 

आईपिओमा १० गुणा बढी माग परेपछि करिब ५० हजारले शेयर नपाउने भएका छन् । 

 कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved