ईन्फिनिटी लघुवित्तले ६ लाख कित्ता आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 05:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि ६ लाख कित्ता साधारण शेयर आईपिओ निष्काशन गर्ने भएको छ । शेयर निष्काशनको लागि कम्पनीले सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । 

 उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि भएको सम्झौतामा ईन्फिनिटी लघुवित्त वित्तिय संस्थाका तर्पmबाट कार्यकारी प्रमुख अधिकृत प्रविण कुमार लामा  र सिभिल क्यापिटल मार्केट लि. का  तर्फबाट निमित्त कार्यकारी प्रमुख अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ  ।

कम्पनीको मुख्य कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved