युजर नेम र पासवर्ड लिई अनलाईन ट्रेडिङमा जोडिन लगानीकर्तालाई नेप्सेको आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 06:53:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सम्पूर्ण लगानीकर्ताहरुलाई अनलाइन कारोबार प्रणालीमा सहभागी हुन् आग्रह गरेको छ । नेप्सेले साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु गरेको थियो । आज आइतबारसम्ममा ५० वटै ब्रोकरहरु यस प्रणालीमा सहभागी भईर्सकेकोले नेप्सेले ब्रोकरमा गएर आफ्नो युजर नेम र पासवर्ड लिन आग्रह गरेको हो । युजर नेम र पासवर्ड लिन केवाईसी भने अपडेट गराएको हुनु पर्ने छ । केवाईसी अध्यावधिक गराउदा खासगरी इमेल आईडी र मोबाइल नम्बर अनिवार्य  छ ।

हाललाई परिक्षण कारोबार भएकाले लगानीकर्ताले युजर नेम र पासवर्ड पाएपनि अर्डर दिन पाउनेछैनन तर ब्रोकरले लिएको अर्डरको कार्यन्वयन कसरि भईरहेको छ भन्ने कुरा अनलाइन मार्फत नै जानकारी प्राप्त गर्नेछन। ब्रोकरले दिएको आदेश र आफ्नो आदेश सिस्टममा म्याचिङ भए नभएको हेर्न सक्ने छन् । 


युजर एसेप्टेन्स टेष्ट (युएटी) नभई अनलाइन प्रणाली पूर्ण रुपमा कार्यन्वयन हुने छैन  । नेप्सेले (युएटी) का लागि एक भारतीय कम्पनीलाई नियुक्त गरिसकेको छ।  यस प्रणालीको परिक्षण तथा छेक जांच कार्य सम्पन्न भईसकेपछि सिस्टमले आईएसओ प्रमाणपत्र पाउने छ । युजर एसेप्टेन्स टेष्ट (युएटी) टेस्ट गर्ने कम्पनीले औपचारिक कारोबारको लागि यो सिस्टम योग्य छ भन्ने सिफारिस गरेपछि नियामक निकायको स्वीकृति लाई अनलाइन ट्रेडिङ पूर्ण रुपमा संचालनमा आउने छ छ। युएटि परीक्षण सफल भएपछी मात्र अहिलेको प्रणालीलाई बिस्थापित हुनेछ। 

परिक्षणको रुपमा सुरु भएको यस अनलाइन संचालनको क्रममा आएका सल्लाह सुझावलाई अनलाइन ट्रेडिङ पूर्ण कार्यन्वयनमा ल्याउदा समेटिने नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved