दोहोरो अंकले बढेको बजारमा नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सर्बाधिक कमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 03:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।  आज नेप्से सूचक १२.८४ अंकले बढेर ११९४.५० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५७ कम्पनीका ६ लाख ५८ हजार २ सय ९२ कित्ता शेयर खरिद बिक्रि बाट १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल इन्भेस्टमेन्ट बैंकको सर्बाधिक १ करोड ६० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी लगायत रहेका छन् । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । 

आज नयाँ नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  अन्य बढी कमाउनेमा हिमालयन बैंक , जलविद्युत लगानी तथा विकास कम्पनी, साना किसान विकास बैंक लगायत रहेका छन् । 

आज तिनाउ विकास बैंकका लगानीकर्ताले सर्बाधिक ४.४१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सिद्दार्थ इक्विटी फण्ड, गुर्खाज फाइनान्स , कर्णाली विकास बैंक लगायत रहेका छन् । 

आज जलबिद्युत लगानी तथा विकास बैंकको सर्बाधिक ३४ हजार ९१ कित्ता शेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved