नेपाल बैंकको २७ प्रतिशत डिभीडेन्ड तरबारको धारमा, कसरि भयो सीईओ शाहको यस्तो कन्तबिजोग ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 24, 2018 | 09:27:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्याभूतकर्ताकै भरमा एफपीओ बिक्रि खुला गरेको नेपाल बैंकले आर्थिक बर्ष २०७४-७५ को प्रगति विवरण सार्वजनिक गरेको छ। बैंकको प्रगति विवरणलाई लिएर बजारमा यसले पुर्व घोषित २७ प्रतिशत लाभांश दिन सक्ने नसक्नेबारे चर्चा सुरु भएको छ। 

बैंकले गत आर्थिक बर्ष ३ अर्ब ३९ करोड ९७ लाख खुद मुनाफा आर्जन गरेको अन अडीटेड वित्तीय विवरण प्रस्तुत गरेको छ। आफ्नो खुद कमाईबाट २० प्रतिशत जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ। बाँकी रहेको २ अर्ब ७२ करोडबाट अघिल्लो आर्थिक बर्षको संचित घाटाको २ अर्ब ३ करोड छुट्याउनु पर्नेहुन्छ। यसरि सरसर्ती हेर्दा बैंकले  यस अावकाे मुनाफाबाट करिब ६९ करोड मात्र लाभांश दिन सक्ने हैसियत राख्छ। यसले बैंकका सिईअाेले एफपिअाे निकाल्ने क्रममा घोषित २७ प्रतिशत लाभांश दिन सक्ने नसक्नेबारे मिडिया र लगानीकर्ताहरुबीच मत बाँझिएकाे र अन्यौलता छाएको छ।  

केहि लगानीकर्तालाई बैंकले रिजर्भमा रहेको ६ अर्ब ८० करोडबाट लाभांश दिन सक्ने बुझाई छ। तर त्याे सबै रकम बाँफाँडका लागि उपलब्ध हुने जगेडा रकम हाेईन, जसमा ठुलो हिस्सा अनिवार्य रिजर्भका लागि छुट्याइएको रकम र अन्य रिजर्भ पनि छ ।  बैंकको चैत्र मसान्तसम्मको बासेल रिपोर्टलाई हेर्ने हो भने बैंकले रिजर्भमा रहेको रकमबाट केहि रकम लाभांश दिनका लागि प्रयोग गर्न सक्नेछ। 

बैंकको चैत्र मसान्तको बासेल रिपोर्टमा बिशेष जगेडाबाट मिलान भएको १ अर्ब २० करोड र शेयर प्रिमियमबाट प्राप्त १३ करोड, पुंजी समायोजन काेषकाे ३८ करोड, पुंजीगत जगेडाबाट २६ करोड गरि कुल जगेडा १ अर्ब ९७ करोड भने बैंकले लाभांस प्रयाेजनका लागि उपयाेग गर्न सक्ने संभावना रहन्छ । यस अावकाे मुनाफाबाट अनिवार्य रिजर्भ र गतवर्षकाे संचितघाटा कटाएर बच्ने ६९ कराेड समेत जाेडेर करिव २ अर्व ६६ कराेड हाराहारी बाँडफाँडका लागि उपलव्ध हुनसक्छ । यस अवस्थामा सिईअाेले भनजस्ताे २७% लाभांसकाे संभावना रहने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताब शाहले लगानीकर्तालाई प्रभावमा राखी एफपीओ बिकाउन अनैतिक र गंरकानुनी ढंगले फेसबुक मार्फत गत आर्थिक बर्षको कमाईबाट २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थिए। त्यसका लागि सीईओ शाहले अघिल्लो आर्थिक बर्षको जगेडाबाट बिभिन्न शिर्षकबाट लाभांश बाड्न मिल्ने पैसालाई आधार बनाए। 

त्यसो त शाहले एफपीओको बिकल्प समेत खुला राखेका थिए। २७ प्रतिशत लाभांश 'घोषणा' गरेपछी सहजै एफपीओ बिक्छ र त्यसबाट प्राप्त प्रिमियमलाई समेत पुंजिकृत गर्दा लाभांश दिने पैसा जुट्ने शाहको अपेक्षा थियो। असारमसान्तभित्रै एफपिअाे बिकेर बाँडफाँड भएकाे अवस्थामा याे पनि विकल्प रहन्थ्याे । तर योजना अनुरुप एफपीओ बिक्रि नभएपछि गत आर्थिक बर्षको कमाईमा एफपीओको प्रिमियमबाट प्राप्त रकमलाई जोडेर लाभांश बाड्ने योजना 'कन्त बिजोग' भएको छ। 

हुनतः साउन १५ सम्मकाे व्याजअाम्दानीलाई आर्थिक बर्षको मुनाफामा देखाएजस्तै साउन १३ सम्म बिक्रिमा रहेको एफपीओ साउन १४ गते बाँडफाँड गरि साउन १५ भित्र नै बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले दिएको पैसा आम्दानिमा देखाएर अावकाे अाम्दानीमा देखाउने चातुर्यता पनि हुनसक्छ, जुन सोचे जस्तो सहज छैन। त्यसैले पनि बैंकले बाँड्न मिल्ने बिभिन्न शिर्षकमा बाँकी रहेका जगेडा कोषको रकमलाई प्रयोग गरेर पुर्व घोसित २७ प्रतिशत लाभांश दिन सकिने बैंकको सीईओ शाहको रणनिति हुन सक्छ। 

अब सिईअाेकाे वचन पूरा गर्ने उपाय भनेकाे बिभिन्न जगेडा कोषको रकमलाई टकटक्याएर लाभांश दिने मात्र हाे, याे पनि महँगो साबित हुन सक्नेछ। सिईअाे शाहले बाड्न मिल्ने भनिएको जगेडा कोषको रकम उपयाेग गरेर लाभांस बाँड्न बैंक संचालक समिति सहमत र पारित गरेपछि पनि नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने हुन्छ। तर कुनै कारण विद्यमान कुनै रकम चलाउन पाएन वा यश अावकाे मुनाफामा कुनै ऋणमा प्राेभिजन गर्नुपर्ने वा अडिटेड खुदमुनाफा घट्न गएकाे अवस्थामा शाह पुर्व घोषणाबाट चुक्नेछन। 

त्यसो त अनअडिट वित्तीय विवरण र अडिटेड वित्तीय बिबरणमा केहि फरक पर्न सक्छ। अहिले प्रस्तुत गरिएको भन्दा अडिटेड रिपोर्टमा खुद मुनाफा केहि करोडले घट्न गयो भने मात्रै पनि नेपाल बैंकको करियरको लास्ट इनिङमा रहेका शाहको योजना बिफल हुनेछ। शेयरधनीहरुलाई लाभांश खुवाउन नसकेको र अघिल्लो आर्थिक बर्षसम्म संचिति नोक्सानी बेहोर्नु परेको नमिठो अनुभवलाई बिर्सदै सुखद बिदाई चाहेका शाहले अनुमानकै भरमा आफ्नो बचन 'तलबारको धार' मा राखेर २७ प्रतिशत लाभांश दिने घोषणा गरेका छन। उनको यो योजना कति सफल हुन्छ  त्यसको लागि महिना दिन पर्खनुपर्ने हुन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved