भार्गव विकास बैंकले गर्यो लाभांश घोषणा, कति दिने भयो बोनस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 24, 2018 | 11:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव विकास बैंकले लाभांश घोषणा गरको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट लगानीकर्ता लाई ५.५५५५६ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

बैंकले हकप्रदले समेत पाउने गरी २ करोड ६४ लाख बराबरको बोनस शेयर र १३ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुंजी ४७ करोड ५२ लाख रहेकोमा प्रस्तावित बोनस बितरणपछि ५० करोड १६ लाख पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved