सुस्त देखिएको बजारमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल, कारोबार १६ करोड मै सिमित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 25, 2018 | 04:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको चौथौ दिन आज बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ४.९२ अंकले घटेर ११९४.३५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ६८ कम्पनीका ६ लाख २९ हजार ७ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैयाँको कारोबार भएको छ ।

आज एनसीसी बैंकको सबै भन्दा धेरै १ करोड ९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक संस्थापक शेयर, नबिल बैंक, सानिमा बैंक, प्रभु इन्स्योरेन्स लगायत रहेका छन् ।

आज कारोबारमा आएका हाइड्रो र उत्पादन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९६ प्रतिशत कमाएका छन् भने नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ४.९६ प्रतिशत कमाएका छन् ।

त्यस्तै आज एनआईबिएल प्रगति फण्डको शेयर मूल्य सर्बाधिक ५.८७ प्रतिशतले घटेको छ । अन्य बढी गुमाउनेमा सिर्जना फाइनान्स, साना किसान विकास बैंक लगायत रहेका छन् ।

आज एनसीसी बैंकको सर्बाधिक ४६ हजार ६ सय ८ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved