अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने भन्दै बोर्डद्वारा नयाँ मर्चेन्ट बैंकरको लाइसेन्स रोक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 25, 2018 | 05:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले अब नयाँ मर्चेन्ट बैंकरलाई लाइसेन्स नदिने भएको छ । बोर्डले हाललाई थप निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रार आवश्यकता नरहेको भन्दै लाइसेन्स रोक्का गरेको हो । बोर्डले नयाँ आवेदन दर्ता गर्ने कार्य विस्तृत रुपमा अध्ययन गरी अर्को व्यवस्था नभए सम्मको लागि आवेदन दर्ता कार्य स्थगन गर्ने निर्णय गरेको हो । यद्यपि  हाल बोर्डको प्रक्रियामा प्रवेश गरिसकेका आवेदनहरुलाई कानुनी प्रक्रिया अनुसार कार्य अगाडि वढाईने बोर्डले स्पष्ट पारेको छ। 

बोर्डका अनुसार धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) नियमावली, २०६४ लागू भए पश्चात हाल २५ मर्चेन्ट वैकरले अनुमति पत्र प्राप्त गरेका छन । जस मध्ये सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय (निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा) प्रदान गर्ने संस्था ६ वटा, सस्थागत परामर्श सेवा वाहेक ४ वटा व्यवसाय गर्ने संस्था १० वटा, तीन वटा (निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेशन) मात्र व्यवसाय गर्ने संस्था एउटा, सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था एउटा र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था  ७ वटा छन् । 

त्यस्तै सात कम्पनीहरु अनुमतिपत्र प्राप्तिका लागि बोर्डको प्रक्रियामा रहेको छन्।  जसमध्ये सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न ५,  संस्थागत परामर्श सेवा वाहेक ४ वटा मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न १ तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न १ कम्पनीले प्रस्ताव गरेका छन ।

मर्चेन्ट वैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पूँजी वजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी सोही आधारमा वोर्डले २०७४ सालमा नियमावलीमा संशोधन गरी मर्चेन्ट वैंकरको चुक्ता पूँजीमा चार गुणा सम्म वृद्धि तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।

 हाल वोर्डवाट अनुमतिपत्र प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या प्रतिस्पर्धात्मक रुपमा व्यवसाय संचालनको लागि पर्याप्त रहेको तथा वजारको अवस्था र आवश्यकता भन्दा निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या वढी हँुदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने अवस्था समेत देखिन सक्नेमा बोर्ड सचेत भई लाइसेन्स रोक्का गरिएको बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved