पञ्चकन्या हाइड्रोपावरको आइपीओमा ४६ हजार आवेदक रित्तो हात, कहिले हुँदैछ बाँडफाँड ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 09:31:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या हाइड्रोपावरको साधारण शेयरमा करिब ४६ हजार आवेदक रित्तो हात हुने भएका छन। शेयर प्रमाणीकरण भएको तथ्यांक अनुसार ६८ प्रतिशत आवेदकले पञ्चकन्याको आइपीओ पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ। 

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १० लाख १ हजार कित्ता आइपीओका लागि एक लाख ४६ हजार ३८९ ले आबेदन दिएका छन। प्रत्येक आवेदकलाई दश कित्ता शेयरका दरले बाँडफाँड गर्दा करिब ४६ हजार आवेदक रित्तो हात हुने देखिन्छ। 

पञ्चकन्याले निष्काशन गरेको कुल ११ लाख कित्ता शेयर मध्ये कम्पनीका कर्मचारीलाई ४४ हजार कित्ता, सामुहिक लगानी कोषलाई ५५ हजार कित्ता छुट्याइएको थियो भने बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो। 

कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved