आईपिओ नेप्सेमा सुचिकृत नहुदै नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 26, 2018 | 11:04:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको हो ।  कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव सहित भदौ १ गते साधारणसभा डाकेको छ । 

सधारणसभाका अन्य प्रस्तावमा अधिकृत पूँजी ६४ करोड, जारी पूँजी र चुक्ता पूँजी ३२ करोड पुर्याउने उल्लेख छ 

लघुवित्तले असार १० देखि १३ गतेसम्म  ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो   । आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको शेयर स्वामित्व संस्थापक र साधारण क्रमश ७० र ३० प्रतिशत पुगेको छ भने चुक्ता पुंजी ११ करोड २० लाखबाट १६ करोड पुगेको छ। प्रस्तावित शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ३२ करोड पुग्ने छ । 

नेप्सेमा कम्पनीको शेयर सुचिकृत भईसकेको छैन  ।

नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको लघुवित्त हो। २०७२ जेठ १ देखि संचालनमा आएको यस लघुवित्तले धादिङको गजुरीमा मुख्य कार्यालय राखी ६२ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको यस लघुवित्तको संचालक तथा आधारभुत शेयरधनिहरुमा नबिल बैंक, लुम्बिनी बिकास बैंक र डिप्रोक्स नेपाल छन। उनीहरुको यस लघुवित्तमा क्रमश: ४ - ४ र १ लाख ६० हजार कित्ताको शेयर स्वामित्व छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved