आँखु खोला हाइड्रोले साउन १७ गतेदेखि आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 26, 2018 | 01:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आँखु खोला हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरूलाई साउन १७ गतेदेखि साधारण शेयर (आर्इपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले  धादिङ्गका स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गर्न लागेको हो ।

स्थानीयहरुले  साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।  धादिङमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने छ । साथै आँखु खोला हाइड्रो पावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजारमा पनि आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आर्इपिओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आर्इपिओ  जारी गर्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved