पञ्चकन्या माइ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा शुक्रबार बिहान भएको बाँडफाँडमा गोलाप्रथाबाट एक लाख एक सयले पञ्चकन्याको शेयर पाएका छन।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १० लाख १ हजार कित्ता आइपीओका लागि रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनाबाट १ करोड ८४ हजार ७३० कित्ताको माग परेको थियो। जस मध्ये एक लाख एक सयले मात्र पञ्चकन्याको सेयर हात पारेका हुन। बाँकी ४६ हजार २८९ जनाले सेयर पाएनन। सनराइज क्यापिटलले कम्पनीको शेयर निष्काशन गरेको ७ औं दिन मा शेयर बाँडफाँड गरेको हो।
आईपिओको नतिजा हेर्न बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गर्नु होस् र कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गर्नु होस्। http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए केहि देखाउदैन ।
पञ्चकन्याले निष्काशन गरेको कुल ११ लाख कित्ता शेयर मध्ये कम्पनीका कर्मचारीलाई ४४ हजार कित्ता, सामुहिक लगानी कोषलाई ५५ हजार कित्ता छुट्याइएको थियो भने बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।
कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।
पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।