नेप्सेमा सुधार, जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानीकर्ताको आकर्षण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 03:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ३.६२ अंकले बढेर ११९४.८२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५३ कम्पनीका ७ लाख ८१ हजार ४ सय  ८४ कित्ता शेयर खरिद बिक्रिबाट १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैयाँको कारोबार भएको छ ।

आज जलबिद्युत लगानी तथा विकास कम्पनीको सर्बाधिक १ करोड २६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनसीसी बैंक , नेपाल बैंक, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्बाधिक ७.५० प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा जलविद्युत लगानी तथा विकास कम्पनी, शृजना फाइनान्स, मन्जुश्री फाइनान्स लगायत रहेका छन् । 

आज सिटी एक्सप्रेसका लगानीकर्ता सर्बाधिक ९.६७ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलपर, प्रोग्रेशिभ फाइनान्स, गुर्खाज फाइनान्स, नागबेली लघुवित्त लगायत रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved