युजर नेम र पासवर्ड लिएपछि यसरी गर्नुस शेयर कारोबार (तरिका सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 06:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सम्पूर्ण लगानीकर्ताहरुलाई अनलाइन कारोबार प्रणालीमा सहभागी हुन् आग्रह गरेको छ । नेप्सेले साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु गरेको थियो । साउन ६ देखि ५० वटै ब्रोकरहरु प्रणालीमा सहभागी भईर्सकेकोले नेप्सेले ब्रोकरमा गएर आफ्नो युजर नेम र पासवर्ड लिन आग्रह गरेको थियो।

युजर नेम र पासवर्ड लिन केवाईसी भने अपडेट गराएको हुनु पर्ने छ । केवाईसी अध्यावधिक गराउदा खासगरी इमेल आईडी र मोबाइल नम्बर अनिवार्य  छ ।

हाललाई परिक्षण कारोबार भएकाले लगानीकर्ताले युजर नेम र पासवर्ड पाएपनि अर्डर दिन पाउनेछैनन तर ब्रोकरले लिएको अर्डरको कार्यन्वयन कसरि भईरहेको छ भन्ने कुरा अनलाइन मार्फत नै जानकारी प्राप्त गर्नेछन। ब्रोकरले दिएको आदेश र आफ्नो आदेश सिस्टममा म्याचिङ भए नभएको हेर्न सक्ने छन् । हालसम्म १७ सय १० जनाले युजर नेम र पासवर्ड लिईसकेको नेप्सेले जनाएको छ ।

युजर नेम र पासवर्ड लिन लगानीकर्ताले आफ्नो Account (client code) भएको Broker मा गइ Valid Email Address Update गराउनु पर्छ । आफ्नो Account भएको Broker बाट TMS को URL (Address) लिनु पर्छ  । त्यसपछि  Broker बाट प्राप्त Address Computer वा  Mobile को जुनसकुै Browser (Chrome, Firefox, Edge) आदि खोली तल चित्रमा देखाए जस्तै “Forgot Password” मा Click गर्नु पर्छ ।

लगानीकर्ताले मुख्य पेजमा गएर  “Forgot Password” मा Click गर्दा तलको चित्रमा देखाए बमोजिम स्क्रिन देख्न सकिन्छ जसमा लगानीकर्ताले आफ्नो Username (Client Code) र Password Type गर्नु पर्ने छ   । त्यसपछि  Submit Button मा Click गर्नु पर्ने छ ।

 लगानीकर्ताले तल चित्रमा देखाए जस्तै Password Reset गने Link आफ्नो Requested Email मा पाउन सकिन्छ । 


 “Reset Password” मा Click गर्दा तल चित्रमा देखाए जस्तै स्क्रिन देख्न सकिन्छ । नयाँ पासवर्ड राख्दा पासवर्ड ७ देखि १२ अक्षर/अंकको हुनु पर्ने छ  । पासवर्डमा कम्तिमा  १ क्यापिटल लेटर र १ स्पेसल क्यारेकटर अनिवार्य हुनु पर्ने छ  ।

 Password Policy अनुसारको मापदण्ड पुरा गरेको पासवर्ड राखेपछि “Submit” Button मा Click गर्दा तल चित्र देखिए जस्तो  Success Message को Email आएमा पासवर्ड रिसेट भएको बुझ्नु पर्ने छ ।


त्यसपछि लगानीकर्ताले Login को लागी Broker बाट प्राप्त URL (Address) मा नयााँPassword राखी Login गर्न सक्ने छन् । 

लगानीकर्ताले युजर नेम र पासवर्ड राखी Submit Button मा Click गर्दा तल देखाएजस्तै  OTP Code को Screen देख्न सकिन्छ  ।  अब आफ्नो ईमेलमा आएको OTP Code हाल्नु पर्छ ।

तल देखाए जस्तै गरी otp कोड आउने छ जुन ३० मिनेट भित्र प्रयोग गरी सक्नु पर्ने छ  ।


लगानीकर्ताके OTP Code राखी Login गरेपछि देहायको Dashboard Screen देख्न सकिन्छ ।

लगानीकर्ताले Order Management को माध्यामबाट Order Book हेर्न सक्ने छन्    ।

. लगानीकर्ताले Trade Management को माध्यामबाट Trade Book हेर्न सक्ने छन्  |

हाललाई युजर नेम र पासवर्डले अर्डर र ट्रेड बुक मात्र हेर्न सकिन्छ ।  युजर एसेप्टेन्स टेष्ट (युएटी) नभई अनलाइन प्रणाली पूर्ण रुपमा कार्यन्वयन हुने छैन  । नेप्सेले (युएटी) का लागि एक भारतीय कम्पनीलाई नियुक्त गरिसकेको छ।  यस प्रणालीको परिक्षण तथा छेक जांच कार्य सम्पन्न भईसकेपछि सिस्टमले आईएसओ प्रमाणपत्र पाउने छ । युजर एसेप्टेन्स टेष्ट (युएटी) टेस्ट गर्ने कम्पनीले औपचारिक कारोबारको लागि यो सिस्टम योग्य छ भन्ने सिफारिस गरेपछि नियामक निकायको स्वीकृति लाई अनलाइन ट्रेडिङ पूर्ण रुपमा संचालनमा आउने छ छ। युएटि परीक्षण सफल भएपछी मात्र अहिलेको प्रणालीलाई बिस्थापित हुनेछ। 

परिक्षणको रुपमा सुरु भएको यस अनलाइन संचालनको क्रममा आएका सल्लाह सुझावलाई अनलाइन ट्रेडिङ पूर्ण कार्यन्वयनमा ल्याउदा समेटिने नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved