नेपाल बैंकको एफपिओमा कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 06:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले निष्काशन गरेको एफपिओमा करिब २ अर्ब ७० करोडको आवेदन परेको छ  । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार आवेदन दिने अन्तिम दिन आइतबार बेलुका ५:३० सम्ममा १ अर्ब ७० करोडको आवेदन परेको हो । कर्मचारी संचय कोषले १ अर्बको आवेदन गरेको तर इन्ट्री भईनसकेको क्यापिटलले जनाएको छ  । अझै डेटाहरु भेरीफाई हुन् क्रममा रहेकोले यो संख्या अझै बढ्ने क्यापिटलले जानकारी दिएको छ  । 

बैंकले असार १५ गतेदेखि  प्रिमियम मूल्यमा एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रि खुला गरेको हो । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गरेको हो  । कम्पनीले ४ अर्ब ९५ करोडको एफपिओ निष्काशन गरेको हो । 

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved