विन्ध्यवासिनी हाइड्रोको २५ लाख कित्ता आइपिओ आउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 29, 2018 | 11:41:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी साधारण सेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ। हाइड्रोपावरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओं निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो। 

यस सम्बन्धि सम्झौतामा हाइड्रो पावरका तर्फबाट संचालक भरत बहादुर पाण्डे र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे। 

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि दश लाख कित्ता र सर्वसाधारणका लागि पन्ध्र लाख कित्ता आइपीओ बिक्रि गर्न लागेको हो। पहिलो चरणमा कम्पनी आयोजना प्रभावितका लागि दश करोड रुपैयाँ बराबरको आइपीओ जारि गर्नेछ भने त्यसपछि पन्ध्र करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणमा जारि गर्नेछ। 

कम्पनीले लमजुङ र कास्की सिमाना रुदीखोलामा ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ‘रुदी ‘ए’ आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। सो आयोजनासंगै रुदी ‘बी’ आयोजनाको निर्माण कार्य ५० प्रतिशत सकिएको छ ।  

आयोजनाले ०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग चलनचल्तीको दर (हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसा) मा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved