शतप्रतिशत हकप्रद जारी गर्दै जलविद्युत लगानी तथा विकास कम्पनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 12:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत लगानी तथा विकास कम्पनीले शत प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको साउन ११ गते बसेको संचालक समितिको बैठकले  एक बराबर एकको अनुपातमा शत प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेको हो । बैठकले हकप्रद निष्काशन प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो ।  

हाल कम्पनीको चुक्ता पुूँजी १० अर्ब रुपैयाँ  छ । शतप्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।  

 कम्पनीको दश करोड कित्ता शेयर नेप्सेमा सुचीकृत छ । जस मध्ये सर्वसाधरणको २ करोड कित्ता रहेको छ ।कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ २०६८ सालमा कम्पनी स्थापना बह्येको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved